राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार उनले यस हप्ता चीन, मेक्सिको र क्यानडामा लगाइरहेका करहरूका कारण “केही पीडा” हुन सक्ने स्वीकार गरेको सिएनएनले जनाएको छ । तर उनले परिणाम शानदार हुने कुरामा जोड दिएका छन् ।
यो अमेरिकाको स्वर्ण युग हुनेछ ! के केही पीडा हुनेछ? हो, हुन सक्छ या नहुन पनि सक्छ ! । तर हामी अमेरिकालाई फेरि महान बनाउनेछौं, परिणामहरू शानदार हुनेछन् , ट्रम्पले आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा लेखे।
ट्रम्पले गत शनिबार व्यापक भन्सार महसूलहरूमा हस्ताक्षर गरे । मेक्सिकोबाट सबै आयात र क्यानडाबाट धेरैजसो सामानहरूमा २५% महसुल र संयुक्त राज्य अमेरिकामा आयात गरिएका चिनियाँ सामानहरूमा १०% महसुल लगाउने भएका छन् । मेक्सिको ,क्यानाडा र चीन तीनै राष्ट्रले जस्ताको गर्ने र लागू गर्ने त्यस्तै जवाफ दिई सकेका छन् ।
ट्रम्पले फेब्रुअरी २ आइतबार बिहान आफ्नो सामाजिक संजालमा ट्रुथ क्यानाडावासी र प्रधान मन्त्रीलाई माज गर्दै यदि क्यानडा ५१ औं राज्य बन्छ भने कुनै शुल्क नलाग्ने लेखेका छन् । क्यानडा हाम्रो प्यारो ५१ औं राज्य बन्नु पर्छ। धेरै कम कर, र क्यानडाका जनताको लागि धेरै राम्रो सैन्य सुरक्षा र कुनै शुल्क लाग्दैन, राष्ट्रपतिले लेखे।
सिएनएनका अनुसार ट्रम्पको शुल्कले शीर्ष ३ अमेरिकी व्यापार साझेदारहरूलाई लक्षित गर्दछ ।
मेक्सिको, चीन र क्यानडाबाट आयात गरिएका सामानहरूमा राष्ट्रपति ट्रम्पको नयाँ शुल्क संयुक्त राज्य अमेरिकाका तीन ठूला व्यापार साझेदारहरूमा एक महत्त्वपूर्ण नयाँ कर हो। क्यानडा र मेक्सिकोले मात्र सबै अमेरिकी आयातको एक चौथाई भन्दा बढी ओगटेका छन् ।
प्रतिक्रिया