शिकागो विमानस्थलमा बिमानको पखेटाले गाडीलाई ठक्कर दिँदा चालक सहित गाडी पल्टियो , चालकको अवस्था गम्भीर

इनेप्लिज २०८१ माघ २० गते ११:१९ मा प्रकाशित

अमेरिकाको शिकागो ओहेर अन्तर्राष्ट्रिय विमानस्थलमा पखेटाले गाडीलाई ठक्कर दिँदा चालक सहित गाडी पल्टिदा चालकलाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ ।

युनाइटेड एयरलाइन्स(बिमानसेवा)ले उनि युनाइटेड कै कर्मचारी भएको पुष्टि गरेको छ ।

शिकागो ओहेर अन्तर्राष्ट्रिय विमानस्थलमा धावनमार्गमा विमानको पखेटाले युनाइटेड एयरलाइन्सको तान्ने गाडीलाई नै ठक्कर दिँदा गाडी पल्टियो र चालकलाई गाडीले थिच्दा गम्भीर घाइते भएको प्रहरीले बताएको छ ।

६४ वर्षीय पुरुष चालकलाई गम्भीर अवस्थामा लुथरन जनरल अस्पताल लगिएको थियो जहाँ उनको अवस्था स्थिर रहेको छ, शिकागो प्रहरीद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ । पीडितको टाउको र शरीरको तल्लो भागमा चोट लागेको छ। बिमानसेवाले उनलाई आवश्यक सहयोग र उनले हेरचाह प्राप्त गरिरहेको प्रहरीले बताए ।

प्रहरी र शिकागो उड्डयन विभागका अनुसार शनिबार साँझ ७ बजेतिर तान्ने गाडी (टग)ले धावन मार्ग (रनवे )पार गर्ने प्रयास गरिरहदा ठोक्कियो। जहाज तान्ने सवारी साधन (टग)हरू जमिनमा रहेका विमानहरूलाई सार्न मद्दत गर्ने जमिनका सवारी साधनहरू हुन् । जसले विमानहरू जमिनमा हुँदा अडान गर्न (पार्क) गर्न मद्दत गर्ने गर्छ ।

तान्ने गाडीमा ठोक्किएको विमान मिशिगनको कलामाजुबाट बिमान विस्कन्सिनद्वारा सञ्चालित अमेरिकन ईगल उडान ६१८१ बाट उडेको अमेरिकन एयरलाइन्सले बिज्ञप्तिमा जनाएको छ ।

विमानमा रहेका चालक दलका सदस्य वा यात्रुहरू मध्ये कुनै पनि घाइते नभएको बिमानसेवाले जनाएको छ । ग्राहकहरू सुरक्षित रूपमा विमानबाट ओर्लिए र अन्तिम निकाश द्वार भवन (टर्मिनल)मा लगियो।

एयर विस्कन्सिन अमेरिकन ईगलसँग सम्बद्ध एक हवाई वाहक हो, जुन अमेरिकन एयरलाइन्सको क्षेत्रीय वाहक संजाल (नेटवर्क )हो।

प्रतिक्रिया