मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट हुने सबै आयातमा २५% शुल्क लगाएको प्रतिक्रियामा मेक्सिकोले “योजना बी” लागू गर्ने बताएकी छिन्, जसमा प्रतिशोधात्मक करहरू समावेश रहेका छन्।
“म अर्थ सचिवलाई हामीले काम गरिरहेको योजना बी लागू गर्न निर्देशन दिन्छु, जसमा मेक्सिकोको हितको रक्षामा शुल्क र गैर-शुल्क उपायहरू समावेश छन्,” शेनबाउमले शनिबार सामाजिक संजाल एक्समा बताइन ।
सिएनएनका अनुसार प्रतिशोधात्मक करहरूमा के समावेश छ भन्ने कुरा स्पष्ट नभएको जनाएको छ ।
वक्तब्यमा शेनबाउमले “आपराधिक संगठनहरूसँग गठबन्धन भएको” कुरालाई कडाइका साथ अस्वीकार गरिन् । र, ह्वाइट हाउसको आरोपलाई “निन्दा” गरिन ।
शुल्क सम्बन्धी ह्वाइट हाउसको तथ्य पत्रले मेक्सिकोको लागूपदार्थ तस्करी संगठनहरूको देशको सरकारसँग गठबन्धन रहेको बताएको छ, जसले सरकारले मुल्य नियन्त्रण गर्न गठित उत्पादक संघ (कार्टेल)हरूलाई “सुरक्षित आश्रय” प्रदान गरेको आरोप लगाएको छ।
“हामी ह्वाइट हाउसले मेक्सिको सरकारमाथि आपराधिक संगठनहरूसँग गठबन्धन गरेको र हाम्रो क्षेत्रमा हस्तक्षेप गर्ने कुनै पनि मनसाय राखेको आरोपलाई स्पष्ट रूपमा अस्वीकार गर्छौं,” शेनबाउमले भनिन्।
“यदि त्यस्तो कुनै गठबन्धन छ भने त्यो संयुक्त राज्य अमेरिकाको बन्दुक पसलहरूमा छ जसले यी आपराधिक समूहहरूलाई उच्च-शक्ति भएका हतियारहरू बेच्छन्,” उनले थपिन्।
शेनबाउमले अगाडी भनिन् दुई देशहरूले “लागुऔषध ओसारपसार गर्ने र हिंसा उत्पन्न गर्ने आपराधिक समूहहरू” विरुद्ध लड्न “व्यापक रूपमा” मिलेर काम गर्नुपर्छ।
प्रतिक्रिया