ट्रम्पद्वारा उपभोक्ता वित्तीय संरक्षण ब्यूरो(बिभाग)का निर्देशक रोहित चोपडा बर्खास्त

इनेप्लिज २०८१ माघ २० गते २:२५ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले उपभोक्ता वित्तीय संरक्षण ब्यूरो(बिभाग)का निर्देशक रोहित चोपडालाई बाइडेन प्रशासकको पछिल्लो कारबाहीमा बर्खास्त गरेका छन्।

चोपडा अघिल्लो डेमोक्र्याटिक प्रशासनका सबैभन्दा महत्त्वपूर्ण नियामकहरू मध्ये एक थिए जो जनवरी २० मा ट्रम्पले पदभार ग्रहण गरेदेखि नै काममा थिए।

सामाजिक सञ्जालमा साझा गरिएको राष्ट्रपतिलाई लेखेको पत्रमा चोपडाले सिएफपिबिको निर्देशकको रूपमा सेवा गर्नु “असाधारण विशेषाधिकार” भएको बताए।

“केही मानिसहरूको हातमा यति धेरै शक्ति केन्द्रित भएपछि सिएफपिबि जस्ता निकाय (एजेन्सी)हरू कहिल्यै यति महत्वपूर्ण भएका छैनन्,” उनले लेखे। “मलाई गर्व छ कि उपभोक्ता वित्तीय संरक्षण ब्यूरो(बिभाग)ले कानूनको शासन पुनर्स्थापित गर्न यति धेरै काम गरेको छ।”

चोपडालाई ह्वाइट हाउसबाट बिधुतिय पत्र (इमेल )मार्फत उनको बर्खास्तको बारेमा सूचित गरिएको थियो ।

सिनेटर एलिजाबेथ वारेनको सहयोगी, चोपडालाई त्यसपछि पूर्व राष्ट्रपति जो बाइडेनले २००८-०९ को आर्थिक संकट पछि सुरु गर्न मद्दत गरेको उपभोक्ता निकायको नेतृत्व गर्न नियुक्त गरे।

प्रतिक्रिया