डिसीमा भएको बिमान दूर्घटनामा कूल ४२ जनाको शव फेला, ३८ जनाको पहिचान 

इनेप्लिज २०८१ माघ १९ गते २३:५५ मा प्रकाशित

डिसीमा भएको अमेरिकन एयरलाइन्सको बिमान र सैनिक हेलिकप्टर( उदग्रविमान) ठोक्किए पछि भएको दूर्घटनामा कूल ४२ जनाको शव फेला परेको छ ।

जस मध्ये ३८ जनाको पहिचान भै सकेको एनविसिवासिॅटनले जनाएको छ ।

वासिङ्टनको पोटोम्याक नदीमा यात्रुवाहक विमान र अमेरिकी सेनाको हेलिकप्टर( उदग्रविमान)  आपसमा ठोक्किँदा भएको दुर्घटनामा कूल ६७ जनाको मृत्यु भएको छ। 

उद्धार टोली र गोताखोरहरूले शनिबार दुर्घटनाग्रस्त जहाजका अवशेष हटाउँदै मृतकका अवशेष अझै द्रूत रुपमा खोजिरहेका छन्।

यस दुर्घटनामा कोही पनि जीवित छैनन्। शनिबार दिउँसोसम्म ४२ जनाको शव नदीबाट निकालिएको छ भने जसमध्ये ३८ जनाको पहिचान भइसकेको छ। 

अधिकारीहरूका अनुसार सबै शव फेला पार्ने सम्भावना रहेको अधिकारीहरुले वताए ।

तर विमानको मुख्य भाग अझै पनि पानीमुनि भएकाले केही शवहरू फेला पार्नका लागि त्यसलाई बाहिर निकाल्नुपर्ने  एनटिएसविले बताएको छ । उद्धार कार्य जारी रहेको छ। अव भोली पुन: शव खोजिने छ ।

प्रतिक्रिया