एक अमेरिकी संघीय न्यायाधीशले ट्रम्प प्रशासनको संघीय कोष रोक्का गर्ने आदेशलाई खारेज गरि दिएका छन् । उनले यसलाई संविधानको सम्भवत उल्लङ्घन भन्दै निर्णय दिएका छन् ।
ह्वाइट हाउसले लाखौं अमेरिकीहरूलाई असर गर्न सक्ने ट्रिलियन ( खर्ब डलर )कोष रोक्न खोजेको आफ्नो निर्देशनलाई खारेज गरेको छ ।
रोड आइल्याण्डका एक संघीय न्यायाधीशले ट्रम्प प्रशासनको खर्च रोक्का लाई औपचारिक रूपमा रोक लगाएका छन् । आज जनवरी ३१ का दिन दिउँसो एक आदेशमा कोष रोक्का सम्भवतः संविधानको उल्लङ्घन हो भन्दै खारेजी गरेका छन् ।
न्यायाधीश जोन म्याककोनेल जूनियरले उक्त फैसला सुनाएका हुन् ।
“अदालतले अहिलेको अभिलेख (रेकर्ड)ले कार्यकारीको आदेश ले संयुक्त राज्य अमेरिकाको संविधान र कानूनको उल्लङ्घन गर्छ भन्ने सफल दाबीको सम्भावनालाई प्रमाणित गरेको पाएको छ,” उनले २२ राज्यका महान्यायाधिवक्ताहरूले दायर गरेको मुद्दामा १३ पृष्ठको निर्णयमा थपेका छन् । राष्ट्रपति बराक ओबामाद्वारा नियुक्त म्याककोनेलले ट्रम्प प्रशासनको लागि कठोर शब्दहरू राखेको एबिसीन्यूजले जनाएको छ ।
मुद्दा दायर गर्ने २२ महान्यायाधिवक्ताहरूमध्ये एक, न्यूयोर्कका महान्यायाधिवक्ता लेटिसा जेम्सले निर्णयको स्वागत गरेकी छिन् ।
प्रतिक्रिया