सोनाम ल्होछारको गतिविधिहरु

इनेप्लिज २०८१ माघ १८ गते २३:२० मा प्रकाशित

नेपालका तामाङ्गहरु तिसहाजार बर्षको ईतिहासमा पहिलो पटक राष्ट्र्यि तामाङ घेदुङका अद्यक्ष्य बीरबहादुर योनजन तामाङ्ग, नेपाल तामाङ घेदुङको अद्यक्ष्य मोहन गोले तामाङ्गहरुका संयुक्त तत्वाधनमा काठमाण्डौको टुंडिखेलमा आयोजित तामाङ्गहरुको माहान चाड २८६१ वौं पुख्रिल्होअर्थात शर्पबर्षलाई बागमति प्र देशका मुख्य मन्त्री माननीय बहादुर सिंह तामाङ्गको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।


काठमाडौँ टुंडिखेलको दक्षिणी भागमा करिब १२ सयभन्दा बढि तामाङ्गहरुको उपस्थितिले तामाङ्गहरुको एकता जनाएको थियो । लामा, बोन्बो, खेन्पो,ताम्बाहरुको आआफना परंपराको भेषभुषहरुले बाह्रवटा डम्फुमा ल्होको प्रतिक विभिन्न जनवारहरुको चित्रले तामाङ्ग संस्कृतीलाई झन पन्चायतकालमा घरघरमा मात्रै सिमित रहेका डम्फु तालबाजाहरुर्ले प्रमुखता देखाएको थियो । तामाङ्गहरुले पहिलो पटक २०३६सालमा तत्कालिन राजाले जनमत संग्रहको घोषणा गरेपछि, श्रावण महिनाको २६ गते तत्कालिन तामाङ्ग सेवा गुठिले पुल्चोक स्थित भूतपुर्व सैनिक हलमा सम्मेलन गर्दा करिब पाँचसय जति तामाङ्गहरुको सहभागिता भएको थियो । त्यस सम्मेलनमा न तामाङ्ग मन्त्री थिए, न तामाङ्गडाक्टरहरु थिए,बरु हाम्रा दुई जना पाइलटहरुले भाग लिन लिएका थिए कप्दन देव कुमार लामा, राजकुमार लामा र माननीय दावाफेन्जु तामाङ्ग रसुवाको ।

यसपालीको ल्होछार महोत्सबमा लामाहरुद्वारा अष्टमंगलको पवित्र मन्त्र पाठ गरेपछि औपचारिक कार्यक्रम शुरु भएको थियो । डम्फुबाजाहरु साथ ताम्बाहरुले स्वागत गीत गाएपछि, महिला लामाहरुले च्वाईमन्त्रको पाठ गरेका थिए । त्यसपछि कुन्ती मोक्तान, सिलाबहादुर मोक्तानको सामुहिक तामाङ्ग गीत प्रस्तुत गरेका थिए । मूख्य मन्त्री लगायत अन्यमन्त्रीहरु बिभिन्न पदाधिकारीहरुलाई खादा र टोपी लगाएर सम्मान गरिएको थियो । बिदेशी पाहुना,चीनिया राजदूतावासका उप नियोग प्रमुख,प्रथम सचिब काउन्सेलको उपस्थित थियो । उहांहरुलाई पनि खादा स्वागत गरेपनि पछि तामाङ्ग टोपि लगाएर स्वागत गरेका थिए। पछि त उहाँहरु पनि तामाङ्गहरु जस्तै देखिए । पूर्वमन्त्री शेर बहादुर तामाङ्ग,शान्ती माँया पाख्रिन, तामाङ्ग सेवा गुठिका संस्थापक सदस्यहरु कप्तान देव कुमार लामा, डिग बहादुर तामाङ्ग । घेदुङका संस्थापक अध्यक्ष प्राध्यापक पर्शुराम तामाङ्ग, रेशम लामा राष्ट्रिय आदिवासीसंघका अध्यक्ष्यको उपस्थित थियो ।

४५ बर्षपछि तामाङ्गहरु धेरै परिवर्तन भै सकेका छन।बिभिन्न प्रकारका पेशाले परिचित भएका छन ।सदियौंदेखि राज्यद्वारा दबाइएका,देशले मासिन्या जात भनेर किनारा लगाइएका तामाङ्गवर्गहरु पव ल्हो छारको माहौलमा, मन्चमा आसिन मुख्यमन्त्री देखि मन्त्री,राज्यमन्त्रीहरु र नेपाल प्रहरीका डिआइजी समेत उपस्थितिले तामाङ्गहरुको ईतिहासमा के परिवर्तन आएकै झै लाग्थ्यो । तैपनि यसपालीको ल्होछारको पर्वमा, सम्माननीय राष्ट्र्पतिज्यू रामचन्द्र पौडेलका निवासस्थानमा तामाङ्गहरुको मुख्य पदाधिकारीहरुलाई बोलाएर माघको १४ गते ल्होछार पर्वको उपलक्ष्यमा सन्देश दिनु भै एउटा उत्सवको रुपमा मनाइएको समाचारले झन तामाङ्गवर्गहरुमा हौसला बढाएको छ ।

तामाङ्गरुको आशा के छ भने अबका केहि बर्षमा तामाङ्ग जातका व्यक्ति देशको प्रधान मन्त्री भएर ल्होछार महान रास्ट्रिय पर्वलाई सम्बोधन गर्ने छन् भन्ने आशा राखेको देखिन्छ । भविष्यलाई सुनौलो अक्षरले लेखेको हुदैन, नेपालका रास्ट्रिय दैनिक पत्रपत्रिकाहरुले यस्तो माहौललाई अलिकति बेवस्ता गरेको जस्तो देखिन्छ ।नेपालका उपल्लो जातीहरुले, गुरुङहरु र तामाङ्गजातीहरुलाई भेषभुसाका आधारमा नचिन्नु तर समय अनुसार परिवर्तन आईसकेको छ । बागमती प्रदेशमा तामाङ्ग र नेवा भाषा औपचारिक भाषा भै सकेका छन । ताकाधारीहरुले अझै पनिे,यिनिहरु केहि पनि होइनन् बर्षमा एक पटक आँउछन भन्ने भावनालाई हटाई नेपालका पूर्वमेचि देखि पश्चिम महाकाली सम्म फैलिएका जाती हून भनेर सम्मान गर्न जरुरी छ भन्ने बिचार राज्यले गर्नु पर्छ भन्ने यो पंक्तिकारको बुझाई हो । राज्यले एकदिनमा नुवाकोटको लाच्याङ गाँऊमा खाटबोक्न नमानेको कसुरमा एकैदिनमा एक हजार तामाङ्गहरुको नरसंहार गरेका कालो दिनलाई र मासिन्या भनेर छुटयाईका कानून लाई तामाङ्गहरु बिर्सेको छैन। राज्यका प्रमुले देशका तर्फबाट माफी माग्नु पर्छ भन्ने आम तामाङ्गहरुका धारणा छ । उपरोक्त पन्चमा आसिन बक्तहरुले प्रस्तुत बिषयमा बोलेका थिए ।प्रत्यक्ष्य उपस्थितिको आधारमा यो समाचार तयार पारिएको हो ।

डिग बहादुर तामाङ्ग,हाल काठमाडौ, नेपाल

प्रतिक्रिया