अमेरिकन एयरलाइन्स दुर्घटनामा मृत्यु हुनेहरू मध्ये २६ बर्षिय आसरा हुसेन पनि परिन

इनेप्लिज २०८१ माघ १८ गते ११:४७ मा प्रकाशित

वाशिंगटन डिसीमा भएको अमेरिकन एयरलाइन्स तथा सैनिक हेलीकप्टर(उदग्रविमान) ठोक्किदा दुर्घटनामा मृत्यु हुनेहरू मध्ये २६ बर्षिय आसरा हुसेन पनि परेकी छिन् ।

बुधबार राति वाशिंगटन डिसीमा दुर्घटनाग्रस्त भएको उडानमा सवार यात्रुहरूमध्ये २६ वर्षीया इन्डियाना विश्वविद्यालयका पूर्व छात्र आसरा हुसेन पनि एक थिइन्।

बुधबार राति ९ बजे भन्दा केही समय अगाडि, अमेरिकन एयरलाइन्सको उडान ५४३२ “नियमित” प्रशिक्षण अभ्यास सञ्चालन गरिरहेको सैनिक यूएच-६० ब्लाक हकसँग ठोक्किँदा पोटोम्याक नदीमा खस्दा सबैको ज्यान गएको राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत पुष्टि गरेका छन् ।

विचिटा क्यान्ससबाट रेगन राष्ट्रिय विमानस्थल जाने विमानमा सवार सबै ६४ जनाको मृत्यु भएको छ । साथै हेलिकप्टर(उदग्रविमान)मा सवार तीन जना सैनिकहरूको ज्यान गएको छ

हुसेन क्यान्ससबाट कामको यात्राबाट फर्कँदै थिइन् । र उनि वाशिंगटन डिसीमा आफ्ना पति हमाद रजालाई भेट्दै थिइन्।

हुसेनले आफ्नो विमान अवतरणबाट २० मिनेट टाढा हुँदा रजालाई सन्देश पठाएको उनले गत बुधबार राति डब्लुयुएसएका पत्रकारलाई भने।

“म प्रार्थना गरिरहेको छु कि कसैले उनलाई अहिले नै नदीबाट बाहिर निकालोस्, हामी बोल्दै गर्दा,” रजाले पत्रकारलाई भनिन्। दुवै जना इन्डियाना विश्वविद्यालय ब्लूमिंगटनमा विद्यार्थी हुँदा भेटेका थिए।

हुसेन कार्मेलमा हुर्केकी थिइन्। कोलम्बिया विश्वविद्यालयबाट स्वास्थ्य प्रशासनमा स्नातकोत्तर डिग्री (उपाधि)हासिल गर्नु अघि उनले आईयुबाट स्वास्थ्य सेवा व्यवस्थापनमा स्नातक डिग्री प्राप्त गरेकी थिइन् ।

इन्डियानापोलिस मुस्लिम समुदाय संघका धार्मिक मामिला निर्देशक इमाम अहमद अलामिनले बिहीबार दिउँसो सामाजिक संजाल मार्फत एक समूह सदस्य उडानमा सवार रहेको प्रकाशित गरेका थिए । बुधबारको दुर्घटना फेब्रुअरी २००९ पछि अमेरिकी एयरलाइन्ससँग सम्बन्धित सबैभन्दा खराब दुर्घटना हो।

सिएनएनले जनाए अनुसार ४० जनाको शव फेला पारिएको छ । राष्ट्रिय यातायात सुरक्षा समितिले दुर्घटनाको अनुसन्धान गर्ने र अर्को ३० दिन भित्र प्रारम्भिक प्रतिवेदन जारी गर्ने जनाएको छ ।

प्रतिक्रिया