अमेरिकन एयरल्याइन्स र सैनिक बिमान ठोक्किदा मृत्यु हुने विदेशीहरुमा रुस सहित २ जना चीन र २ जना ल्याटिन अमेरिकी पनि परेको सिएनएनले जनाएको छ । सिएनएनलाई स्रोतले बताए अनुसार दुर्घटनामा परेका कम्तीमा दुई जना ल्याटिन अमेरिकी रहेका थिए।
गत बुधबार राति वाशिंगटन डिसी बाहिर सैन्य उदग्रबिमान (हेलिकप्ट)रसँग ठोक्किएको व्यावसायिक विमानमा सवार ६० जना यात्रुमध्ये कम्तीमा दुई जना ल्याटिन अमेरिकाका थिए । अर्जेन्टिना सरकारसँग नजिकको स्रोतले बिहीबार सिएनएनलाई बताएका छन् ।
तीमध्ये एक जना अर्जेन्टिनामा जन्मेका वृद्ध पुरुष थिए र अर्को उनका छोरा थिए जो वयस्क थिए र मूल रूपमा चिलीका थिए । त्यस्तै चिनियाँ सरकारी संचार माध्यमले विमान दुर्घटनामा परेका पीडितहरूमा दुई चिनियाँ नागरिकहरू पनि रहेको बताएको छ।
चीनको राज्य समाचार एजेन्सी(निकाय ) सिन्ह्वाले गत बुधबार रेगन राष्ट्रिय विमानस्थल नजिकै भएको दुर्घटनाआअ दुई चिनियाँ नागरिकहरू पनि मारिएको अमेरिकास्थित चिनियाँ दूतावासले बिहीबार बताएको छ।
दूतावासले सबै पीडितहरू र उनीहरूका परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गरेको छ । अमेरिकी पक्षलाई सान्दर्भिक जानकारी प्रमाणित गर्न र औपचारिक रूपमा चीनलाई जानकारी गराउन आग्रह गरेको छ।
प्रतिक्रिया