अध्यावधिक गरिएको : अमेरिकन एयरलायन्सको दुवै तथ्याँक अभिलेख उपकरण ( डेटा रेकर्डर )फेला

इनेप्लिज २०८१ माघ १८ गते १:५७ मा प्रकाशित

अध्यावधिक गरिएको : दुर्घटना भएको अमेरिकन एयरलायन्सको दुवै तथ्याँक अभिलेख उपकरण (कालो बाकस)फेला परेको छ । पोटोम्याक नदीबाट दुवै तथ्याँक अभिलेख उपकरण (श्याम सन्दुक -कालो बाकस) अर्थात् ब्ल्याक बक्स बरामद गरिएको छ ।

रेगन राष्ट्रिय विमानस्थल नजिकै पुग्ने क्रममा सैन्य उदग्रबिमान (हेलिकप्टर)सँग ठोक्किएको अमेरिकन एयरलायन्सको सिआरजे ७०० को दुई वटा उडान डेटा रेकर्डर (तथ्याँक अभिलेख उपकरण) अर्थात् ब्ल्याक बक्स पोटोम्याक नदीबाट बरामद गरिएको छ ।

अमेरिकन एयरलाइन्सको विमानबाट उडान तथ्याँक अभिलेख उपकरण (डेटा रेकर्डर) तथा ककपिट स्वर अभिलेख उपकरण (भ्वाइस रेकर्डर) अर्थात् ब्ल्याक बक्स अब बरामद गरिएको राष्ट्रिय यातायात सुरक्षा समितिले सिएनएनलाई बताएको छ।

प्रतिक्रिया