अमेरिकन एयरलाइन्स  र सेनाको उदग्रविमान दुर्घटनामा सॅभवत कोही पनि जीवित छन् भन्ने हामीलाई लागेको छैन: डिसी अग्नि तथा ईएमएस प्रमुख जोन डोनेली 

इनेप्लिज २०८१ माघ १७ गते १५:२७ मा प्रकाशित

अमेरिकन एयरलाइन्स  र सेनाको उदग्रविमान दुर्घटनामा सॅभवत कोही पनि जीवित छन् भन्ने हामीलाई लागेको छैन ,डिसी अग्नि तथा ईएमएस प्रमुख जोन डोनेलीले पत्रकारहरुलाई बताए।

उनले अहिले बिहान ८ बजे सम्म २८ जनाको शव फेला पारिएको उनले बताए। साथै अहिले ११ बजे राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गर्ने सॅचार माध्यमले जनाएका छन्।

घटनाको विवरण:

जनवरी २९, २०२५ को राति वाशिङ्टन, डी.सी. नजिकै रहेको रोनाल्ड रेगन वाशिङ्टन राष्ट्रिय विमानस्थल वरपर अमेरिकी एयरलाइन्सको बिमान र अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर( उदग्रविमान) बीच आकाशमै ठोक्किएर दुर्घटना भएको छ।

दुर्घटनाग्रस्त विमानअमेरिकन एयरलाइन्सको विमान  (पिएसए विमानसेवाद्वारा संचालित) क्यान्ससको विचिटाबाट उडान भरेको थियो। विमानमा ६० यात्रु र ४ चालक दलका सदस्य थिए।

अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर( उदग्रविमान) मा ३ सैनिक सवार थिए।

पुनर्प्राप्ति र मृत्यु संख्याः•अहिलेसम्म पोटोम्याक नदीबाट २८ शव फेला परेको ।

२७ शव विमानबाट र १ शव हेलिकप्टरबाट भेटिएको छ। विमान र हेलिकप्टरमा रहेका ६७ जना नै मृत घोषित भएका छन्।

उद्धार कार्य अब शव खोजी तथा पुनर्प्राप्ति प्रक्रियामा परिवर्तन गरिएको छ।

हाल ३०० भन्दा बढी आपतकालीन उद्धारकर्मीहरूले कठिन परिस्थितिमा कार्य गरिरहेका छन्।

दुर्घटनाको कारण र अनुसन्धान:अमेरिकी यातायात सचिव सिन डफी का अनुसार यो दुर्घटना “पूरै रोक्न सकिने” खालको बताए।

प्रतिक्रिया