डिसी क्षेत्रमा बिमान र सैन्य उदग्रबिमान ठोक्किदा कम्तिमा ३० जनाको मृत्यु , पोटोम्याक नदीबाट ३० भन्दा बढी शव बरामद

इनेप्लिज २०८१ माघ १७ गते ११:४१ मा प्रकाशित

अमेरिकाको डिसी क्षेत्रमा बिमान र उदग्रबिमान(हेलीकप्टर)ठोक्किदा कम्तिमा ३० जनाको मृत्यु भएको छ ।

एनबिसीवाशिंगटनका अनुसार पोटोम्याक नदीबाट ३० भन्दा बढी शव बरामद दुई श्रोतले बताएको उल्लेख गरेको छ ।

डिसी क्षेत्रको रेगन राष्ट्रिय विमानस्थल नजिकै भएको हवाई दुर्घटनापछि आपतकालीन टोलीले पानीबाट ३० भन्दा बढी शव बरामद गरेको छ ।

अमेरिकी बिमानसेवा (एयरलाइन्स)को विमान बुधबार राति सैन्य उदग्रबिमान (हेलिकप्टर)सँग ठोक्किँदा विमानमा ६० यात्रु र चार चालक दलका सदस्य थिए।

चिसो नदीमा व्यापक खोजी र उद्धार प्रयास भइरहेको छ।

अमेरिकी एयरलाइन्सको उडान र सैन्य उदग्रबिमान (हेलिकप्टर) बुधबार राति रेगन राष्ट्रिय विमानस्थल नजिकै पोटोम्याक नदीमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो। विमानमा ६४ जना सवार थिए। उदग्रबिमान (हेलिकप्टर)मा तीन जना सवार थिए।

एफएएको एक विज्ञप्तिमा भनिएको छ: “स्थानीय [पूर्वी] समय अनुसार राति ९ बजेतिर रेगन वाशिंगटन राष्ट्रिय विमानस्थलमा धावनमार्ग ३३ मा पुग्ने क्रममा पिएसए बिमानसेवाको बम्बार्डियर सीआरजे७०० क्षेत्रीय जेट सिकोर्स्की एच-६० ​​हेलिकप्टरसँग हावामा ठोक्कियो। पिएसएले अमेरिकी बिमानसेवाको रूपमा उडान ५३४२ सञ्चालन गरिरहेको थियो। यो विचिटा, क्यान्ससबाट उडान भरेको थियो।”

अधिकारीहरूले रेगन राष्ट्रिय विमानस्थल बिहीबार बिहान कम्तिमा ११ बजेसम्म बन्द रहने जनाएका छन् ।

विश्व स्केटिङ बिजेता इभजेनिया शिशकोभा र वादिम नौमोभ अमेरिकी बिमानसेवाको विमानमा सवार रहेको रूसी संचार माध्यमले जनाएका छन् ।

५२ वर्षीया शिशकोभा र ५५ वर्षीया नौमोभ १९९४ को जोडी स्वरुप फिगर स्केटिङ(चिप्लेटी)मा विश्व विजेता हुन् । रूसको लागि राष्ट्रिय टोली प्रशिक्षकको रूपमा काम गरिरहेका थिए।

प्रतिक्रिया