अमेरिकाको भर्जिनियाको स्यानटिली शहरको एक पोखरीमा गाडी डुब्दा ज्यान गुमाउनेबर्षिय बिद्यार्थी निश्चल भट्ट अन्त्येष्टि हुने भएको छ । २० बर्षिय निश्चल भट्ट आमाबुवाका एक मात्र छोरा र केवल बिद्यार्थी प्रवेशाज्ञा(भिसा)मा आएको ६ महिनामा ज्यान गुमाएका थिए ।
आगामी जनवरी २९ बुधबारका दिन भर्जिनियाको स्यानटिलीमा दिउसो अन्तिम संस्कार गरिने भएको छ । उनको सम्झनामा सम्मान प्रकट गर्नका लागि परिवार, आफन्त, मित्रजन, र उनलाई चिनेका सबैलाई उपस्थितीको लागी अनुरोध गरिएको छ ।
खड्का तथा भट्ट गत जनवरी ९ बिहीबार बिहान एउटा अतिथि गृह(होटल) बाहिरको पोखरीमा उनीहरुको निजी गाडी (कार )हिउ पोखरीमा डुब्दा दुबैको ज्यान गएको थियो ।
उनको अन्त्येष्टिको केही खर्चको लागि गो फण्ड मी जनवरी १० शुक्रबारका दिन गैर आवासीय नेपाली संघ भर्जिनिया तथा कुल बहादुर थापा मगरले संचालनमा ल्याएका छन् । कूल लक्ष्य ५० हजार डलर राखिएको छ भने अहिले सम्म २५ हाजर डलर संकलन भएको छ ।
२० बर्षिय महत्वाकांक्षी युवा निश्चल भट्ट उज्ज्वल भविष्यको सपना बोकेर केवल छ महिना अघि मात्र विद्यार्थी प्रवेशाज्ञा (भिसा)मा अमेरिका आएका थिए ।
अन्त्येष्टि गरिने स्थान :
Final Rituals
Date : 01/29/2025 Wednesday
Time : 2:00 PM
Location : 4425 Brookfield Corporate Dr #100, Chantilly, VA 20151
प्रतिक्रिया