सामाजिक संजाल मेटाका प्रमुख मार्क जकरबर्गले कृतिम बुद्धिमत्ता (एआई)मा ६० बिलियन डलर लगानी गर्ने भएका छन् । उनले उक्त लगानी अमेरिकाको लुजियाना राज्यमा गर्ने भएका छन् ।
जकरबर्गले मेटा खर्च बढाउने बताउदै बिशाल किसिमको तथ्याँक केन्द्र निर्माण गर्ने बताए । उनले त्यसलाई तुलन गर्दै म्यानह्याटनकोजस्तै महत्त्वपूर्ण भागलाई समेट्ने जनाए ।
“यो कृतिम बुद्धिमत्ता (एआई)को लागि एक परिभाषित वर्ष हुनेछ। २०२५ मा मेटा एआई १ अर्ब भन्दा बढी मानिसहरूलाई सेवा दिने प्रमुख सहायक हुने विश्वास लागेको बताए ।
त्यो परियोजनाले स्पेसएक्स र टेस्लाका प्रमुख कार्यकारी अधिकारी (सीईओ)इलन मस्क लगायत अन्य शीर्ष प्राविधिक कार्यकारीहरूको ध्यान आकर्षण गरेको छ ।
प्रतिक्रिया