फक्स न्युजका पूर्व कार्यक्रम प्रस्तोता पीट हेगसेथलाई रक्षा सचिवमा सिनेटले अनुमोदन गरेको छ । उनि अब पक्का भएको छ । सिनेटमा आज जनवरी २४ शुक्रबार भएको मतदानमा राष्ट्रपति डोनाल्ड ट्रम्पका रक्षा सचिवको रूपमा हेगसेथलाई अनुमोदन गरेको छ ।
मतदान ५०-५० बराबर भए पछि उपराष्ट्रपति जेडी भान्सले आफ्नो मत प्रदान गर्दै उनको पद निश्चित गरेका छन् । उनलाई रिपब्लिकन कै केन्टकीका पूर्व रिपब्लिकन दल नेता मिच म्याककोनेलले मतदान दिएनन् । उनी ,मेन राज्यकी सिनेटर सुसान कोलिन्स र अलास्काकी लिजा मुर्कोवस्कीसँगै हेग्सेथको मनोनयनको विरुद्धमा मतदान गर्ने सबै डेमोक्र्याटहरूसँग सामेल भए।
अनुमोदन मतदान सुरु हुनुभन्दा लगभग आधा घण्टा अघि हेग्सेथ आफ्नी श्रीमती र बच्चाहरूसहित संसदमा व्यक्तिगत रूपमा मतदान हेर्न आइपुगेका थिए ।
हेगसेथ दूरदर्शनका प्रस्तुतकर्ता, लेखक,तथा पूर्व सेना हुन् । उनले २००३ देखि २०१४ सम्म र फेरि २०१९ देखि २०२१ सम्म उनले सैनिक राष्ट्रिय रक्षक (आर्मी नेशनल गार्ड)मा एक पैदल सेना अधिकारीको रूपमा सेवा गर्दै सेनानी (मेजर) सम्म सेवा गरे । २००५ मा इराकमा लडाई तैनाथीको क्रममा विशेष कारवाही बलमा सेवा गर्दा सम्मानित समेत भए ।
२०१४ मा उनी स्वेच्छाले अफगानिस्तान सुरक्षा बलहरूलाई तालिम दिन तैनाथ भए। आफ्नो सैन्य सेवा पछि उनि रिपब्लिकन राजनीतिमा सक्रिय व्यक्तित्व । सन् २०१४ देखि उनी फक्स न्यूजका लागि राजनीतिक टिप्पणीकार भए । र ,२०१७ देखि २०२४ सम्म फक्स एण्ड फ्रेन्ड्सका सप्ताहन्त कार्यकममा समेत सह प्रस्तोता थिए ।
प्रतिक्रिया