संघीय सरकारद्वारा डिइआईका कर्मचारीहरूलाई बिदामा राख्न निर्देशन

इनेप्लिज २०८१ माघ ९ गते ११:५३ मा प्रकाशित

संघीय सरकारद्वारा डिइआईका कर्मचारीहरूलाई बिदामा राख्न निर्देशन दिएको एबिसीन्यूजले जनाएको छ ।

कर्मचारी व्यवस्थापन कार्यालयको ज्ञापनपत्र अनुसार विविधता, समानता र समावेशीकरण (डिइआई) कार्यक्रम र पहलहरूमा काम गर्ने सबै संघीय कर्मचारीहरूलाई बुधबार साँझ ५ बजेसम्म तलबी प्रशासनिक बिदामा राख्नु पर्ने जनाएको छ ।

ट्रम्प प्रशासनले संघीय सरकारभरि सम्बन्धित डिइआइकार्यालयहरू र कार्यक्रमहरू बन्द गर्दा यो निर्णय आएको हो।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार संघीय डिइआई कार्यक्रमहरू खारेज गर्न कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेपछि यो निर्देशन आएको हो ।

ट्रम्पको सार्वजनिक र निजी क्षेत्रहरूमा देशभर विविधता प्रयासहरूलाई उल्ट्याउने ठूलो चुनावी अभियान वाचाको एक अंशको रूपमा लागू गरिएको छ ।

प्रतिक्रिया