ट्रम्प प्रशासनले आप्रवासीहरू अमेरिका प्रवेश गर्न प्रयोग गर्ने अनुप्रयोग (एप )तुरुन्तै बन्द गरेको छ । ४७ औ राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ ग्रहण पछि आफ्नो सम्बोधनमा आप्रवासीको सन्दर्भमा उनीहरुलाई खतरनाक अपराधीहरूको संज्ञा दिए । उनीहरु अमेरिकामा अवैध रूपमा प्रवेश गरेका छन् र सीमा सुरक्षाको अभाव रहेको सम्बोधनमा चर्चा गरे ।
उनले पुरानो प्रशासन अर्थात् बाइडेन प्रसाशनले अमेरिकीहरूलाई सुरक्षा दिन असफल भएको दाबी गरे। ट्रम्पले शपथ लिएको केही समयपछि उनको प्रशासनले संयुक्त राज्य अमेरिका प्रवेश गर्ने आशामा रहेका आप्रवासीहरूले प्रयोग गर्ने फोन एप अर्थात् सिबीपि वान (CBP One)अनुप्रयोग बन्द गरिएको छ । बाइडेन-युगको उक्त अनुप्रयोग (सिबिपी वान) प्रक्रियाको हिस्सा थियो जसले लगभग १० लाख आप्रवासीहरूलाई कानुनी सीमा पार गरेर अमेरिका प्रवेश गर्न अनुमति दिएको थियो । सिबीएस न्यूजले गत आइतबार अध्यावधिक गरिएको समाचार अनुसार अनुमानित २,७०,००० आप्रवासीहरू मेक्सिकोमा प्रतिक्षा गरि रहेका छन् ।
अमेरिकी भन्सार तथा सीमा सुरक्षाको संजालस्थल (वेबसाइट)मा हाल यस्तो लेखिएको छ : जनवरी २०, २०२५ देखि लागू हुने गरी, सिबीपी वान -CBP One™ को कार्यक्षमता जसले पहिले कागजात नभएका विदेशीहरूलाई अग्रिम जानकारी पेश गर्न र आठ दक्षिणपश्चिम सीमा प्रवेश नाकाहरूमा भेटघाट तालिका बनाउन अनुमति दिने गरेको थियो अब त्यो उपलब्ध छैन, संचालित भेटघाटहरू (एपोन्टमेन्ट )रद्ध गरिएका छन्,भनिएको छ ।
प्रतिक्रिया