नेपाली मूलका चित्रकार केसी अमेरिकाको कुशल राष्ट्रिय स्तरकै प्रख्यात कलाकारमा पर्न सफल

इनेप्लिज २०८१ माघ ६ गते १९:५६ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा करिव एक डेढ दशक भन्दा ज्यादा समय देखि बस्दै आएका चित्रकार राजेन्द्र केसी अमेरिकाको कुशल राष्ट्रिय स्तरकै प्रख्यात कलाकारमा पर्न सफल भएका छन् ।

उनलाई अमेरिकाको मिसिगनमा हुने राष्ट्रिय स्तरकै प्रख्यात कलाकारको प्रतियोगितामा अमान्त्रित गरिएको छ । उनलाई हरेक बर्ष ३२ देखि ३७ जना सुप्रसिद्ध चित्रकार (चित्रकला)बनाउने प्रतियोगिताको लागि आगामी मार्च महिनामा हुने प्रतियोगिताको लागि उनलाई आमन्त्रित गरिएको हो ।

उनि अमेरिकामा नेपाली मूलका चित्रकला बनाउने कलाकारमा उक्त प्रतियोगितामा पर्ने एक मात्र कलाकार हुन् । मिसिगन राज्यमा आयोजना हुने डोर काउन्टी प्लेन एयर फेस्टिबल नामक प्रतियोगितामा उनलाई छनौट गरिएको छ ।

यो सबै नेपालीहरुको लागि गर्वको बिषय हो । सन् २००७ मा अमेरिकाको डिसी क्षेत्रमा परिवार सहित आएका केसीले प्रारम्भिक चरणमा स्थानीय ,क्षेत्रीय ,राज्य स्तर र रास्ट्रिय स्तरको निर्णायक प्रतियोगिता सहभागी भै थुप्रै पुरस्कारहरु हात पारि सकेका छन् । दर्जनौ प्रथम ,द्वितीय र तृतीयको साथै नगद तथा पदक प्राप्त गरेका केसीलाई उनको प्रतिभाको कदर गर्दै आयोजकले खोज गर्दै राष्ट्रिय स्तर कै मास्टर लेवल नेसनल्ली रिनाउण्ड आर्टिस्ट अर्थात् अमेरिकाको कुशल राष्ट्रिय स्तरकै प्रख्यात कलाकारमा संलग्न गर्दै आमन्त्रित गरेको छ ।

उनिसंगै कोलोराडो ,क्यालीफोर्निया ,नेब्रास्का ,युटाह ,विस्कनसिन लगायत सबै जना बिदेशी चित्रकलामा कुशल कलाकारहरुलाई उक्त प्रतियोगितामा अमान्त्रित गर्दा आफूलाई पनि राष्ट्रिय स्तरकै मास्टर कलाकारमा राखेकोमा हर्ष लागेको र आयोजक प्रति कृतज्ञता व्यक्त गरेको उनले इनेप्लिजलाई बताए ।

नेपाली मूलको कलाकार भएकोले यसले बिशेष माने राख्ने र यो निकै महत्वपूर्ण भएको जनाए ।

काठमाडौँ जावलाखेल घर भै भर्जिनियाको फल्स चर्चमा बस्दै आएका कलाकार केसीले बिगतमा पनि थुप्रै पुरस्कारहरु जिती सकेका छन । सन् १९९६ देखि नै व्यावसायिक चित्रकारिता पेशामा संलग्न भएका केसी अमेरिकामा दिन प्रतिदिन जम्दै छन् ।

सपरिवार अमेरिका आएका केसीले प्रारम्भिक चरणमा नेपालबाट अमेरिका आउदा आफू भित्र भएको प्रतिभालाई प्रस्फुटन गर्न नपाउदा उकुस मुकुस भएको इनेप्लिजलाई बताएका थिए ।

अमेरिकाका स्थानीय बिदेशी कलाकारहरुसंग हातेमालो गरे पछि आफू पनि बिदेशीसंग अगाडी बढ्न मार्ग खुलेको उनले बताए । यसको साथै अमेरिकामा आफ्नो प्रतिभा प्रस्फुटन गर्न पाएकोमा केसी सदैव फुर्तिलो ,हसिलो खुसिलो देखिन्छन ।

प्रतिक्रिया