मोबाइल फोन चलाउदा  अनिबार्य ध्यान दिनु पर्ने केहि कुरो !!

पत्रकार/लेखक २०८१ माघ ६ गते ३:०१ मा प्रकाशित

मोबाइल फोन हातमा पर्यो ?अब त्यस लाइ प्रयोग गर्ने तौर तरिका अर्थात अधिकतम सदुपयोगको लागी पनि सोच्नु अनिबार्य हुन्छ जसले गर्दा प्रयोग कर्ताले स्वास्थ्य ,सम्पति र बिबेक समेत लाइ ध्यान दिनु पर्ने हुन्छ।हामीले ध्यान दिएका छैनौ अझै कि हामीले मोबाइल वा लाइन फोन बाट कति अनाबस्यक खर्च व्यहोरी रहेछौ स्वास्थ्य लाइ कति बेफाइदा पुर्याई रहेको हुन्छ। कति समय लाइ अनुत्पादक बनाइ खेर फाली रहेछौ। हामी मोबाइल फोनको प्रयोगमा कति सजकता अपनाई रहेछौ ?आउनुस मोबाइल फोन प्रयोग गर्दा अपनाउनु पर्ने केहि अनिबार्य सजकता तर्फ ध्यान दिउ।

१ -सर्ब प्रथम फोनमा शिष्ट नरम र सानो आवाजमा बोल्ने गर्नुस मोबाइलको माइक्रोफोन ज्यादैनै शक्तिशाली छ।बिस्तारै बोले पनि अर्को पक्ष लाइ सुन्न गार्हो हुन्न .यस्तो व्यवहार गर्न जापानिज नागरिकहरु बिस्वमै नमुना हुन् ।तपाइले ठुलो आवाजमा कुरो गर्दा संगै बसेको साथी होस् कि अपरिचित व्यक्ति हरु पनि इरिटेड हुन् सक्छन वा हन्छन।अर्को महत्वपूर्ण कुरो तपाइको गोपनियता पनि भङ्ग हुन्छ।तपाइको राम्रो न राम्रो कुरो अरुले सुन्दा तपाइँ लाइ बिबिध पक्षमा बेफाइदा नै हुन् सक्छ।

२ -केहि त्यस्ता ठाउमा पुग्दा तपाइले स्वत मोबाइल फोनको स्विच वा घन्टी बन्द गर्न अनिबार्य हुन्छ जुन तपाइको बिबेकसिलताको परिचय हुन्छ।जस्तो कि स्कुल ,कलेज,अस्पताल ,क्लिनिक ,बैंक ,घाट (दाह सस्कार )सभा सम्मेलन कक्षमा सहभागिता जनाउदा वा प्रवेश गर्दा फोनको घन्टी बन्द गर्न कहिल्यै नबिर्सनुस र आफ्नो समझदारीको परिचय दिनुहोस।

साथै बैज्ञानिक हरुले के खबरदारी गरि सकेका छन् भने मोबाइल फोनको अत्यधिक प्रयोगले कानको धमनी मार्फत मस्तिष्कमा समेत रेडियसनको असर पुग्ने भएकोले जति सक्दो कम मोबाइल लाइ कानमा राख्नु उचित हुन्छ।

३ -बस ट्रेन ,टेम्पो, माइक्रोबस, लिफ्टमा अनि अन्य अपरिचित हरु हुँदा मोबाइल फोनमा कुरो गर्दै आफ्नो व्यक्तिगत परिचय वा काम वा आफ्नो फोन नम्बर ,बैंक खाता नम्बर ,वा अन्य गोप्य राख्नु पर्ने कुरो नगर्नुस जसले गर्दा फोन नम्बर वा खाता नम्बरको दुरुपयोग गर्न नसकोस।

४ -तपाइँ साथी हरु सित हुनु हुन्छ तर अर्को सित फोनमा लामो कुरो गरि रहनु भएको छ भने एक त् साथी हरु लाइ बोर हुन्छ अर्को तपाइले उनि हरु लाइ अनादार वा बेवास्ता गरेको वा महत्व नदिएको अर्थ लाग्छ।त्यसैले त्यस्तो अबस्थामा कि त् साथी हरु लाइ माफ पाउ है एक छिन जरुरि छ भन्दै अनुमति लिएर अलि पर गएर छिट्टै बार्ता टुंग्याउने प्रयास गर्नुस वा अर्को पक्ष लाइ यदि जरुरि छैन भने टेक्स गरेर पछी फोन गर्छु भन्नुस र साथीहरु सित सहभागिता जनाउनुस।

५ -सके सम्म आफ्नो फोनको घन्टी बन्द नै राख्नुस “भाइब्रेसन मोड “एकदम उचित हुन्छ।तपाइको घन्टीले अरुको ध्यान तपाइँ प्रति खिचिन्छ त्यसको मतलब अरु लाइ डिस्ट्रब भएको बुझ्नु पर्छ।

६ -सम्भब भए सम्म टेक्स मेसेजमा खबर आदान प्रदान गर्नुस यसले गर्दा सवारी साधनमा अरु लाइ बाधा पनि पुग्दैन र अर्को आफ्नो कुरो (गोपनियता )पनि कायम हुन्छ।साथै बैज्ञानिक हरुले के खबरदारी गरि सकेका छन् भने मोबाइल फोनको अत्यधिक प्रयोगले कानको धमनी मार्फत मस्तिष्कमा समेत रेडियसनको असर पुग्ने भएकोले जति सक्दो कम मोबाइल लाइ कानमा राख्नु उचित हुन्छ।

७ -साथी वा अर्को आफुले मान्नु पर्ने व्यक्तित्व हरु सित हुनु हुन्छ भने टेक्स मेसेज पनि सक्दो छोटो (short cut )माटुंग्याउने गर्नुस तपाइँ टेक्स मेसेजमा व्यस्त रहनु भएंको साथी वा मान्नु पर्ने व्यक्तित्व लाइ बेवास्ता (Ignore )गरेको बुझिन्छ।यस्तोमा चलाखिपुर्बक आफ्नो समझदारी देखाउनु पर्छ।

८ -साथी हरु सित गफ गर्दै गर्दा फोन आयो भने वा फोन गर्नु पर्यो भने साथी हरु सित sorry एक छिन यो फोन उठाउ ?सानो एक कल गरौ है भनेर “अनुमति माग्ने “बानी बसाल्नुस र छोटोमा महत्वपूर्ण कुरो मात्र गरेर टुंग्याउने गर्नुस जसले गर्दा तपाइँ सित भएका साथी हरुलाइ दिक्क लाग्ने वा बेवास्ता गरेको वा महत्व नदिएको महसुस नहोस।

९ -मोबाइल फोनमा बिर्सेर पनि धम्कि वा अस्लिल शब्द प्रयोग नगर्नुस र टेक्स मेसेज पनि न पठाउनुस र अर्को पक्ष भन्दा पनि अर्को को बारेमा नकारात्मक कुरो पनि नगर्नुस हुन् सक्छ अर्को पक्षले रिकर्ड गरेको होस् वा लाइन मिलाएर तपाइले गाली गर्दै गरेको लाइ सुनाइ दिएको होस् तसर्थ फोनमा हमेसा अति आबस्यक कुरो मात्र गर्ने सकेसम्म अर्को तेस्रो पक्ष लाइ गालि वा नकारात्मक कुरो गर्दै नगर्ने वा तथानाम अभद्र शब्द कहिल्यै प्रयोग गर्नु हुँदैन जथाभाबी टेक्स मेसेज नगर्ने .कहिले काही गलत मानिस लाइ त्यस्तो मेसेज पुगेर अर्को नराम्रो समेत हुन् सक्छ वा अर्को पक्षले अर्को पक्ष लाइ फरवार्ड गरि दिन सक्छ के थाहा कसको विश्वास कुन बेला टुट्छ र कताको कुरो कता पुग्छ ?..

१० -मोबाइल फोन बाट हिँसा भडकन सक्ने मानिसमा द्वेश फैलाउने ,उत्तेजित पार्ने देखि अस्लिल चित्र कुनै हालतमा न पठाउनुस त्यसले पुर्याउने नकारात्मक प्रभाबले तपाइँ लाइ जीवन भर पछुताउनु पर्ने हुन् सक्छ।

११ -मोबाइल वा घरकै फोनमा पनि २ वा ३ घन्टी बज्दा पनि फोन उठेंन भने सम्झनुस अर्को पक्ष व्यस्त छ वा जरुरि काममा छ।पुरै घन्टी बाजी सक्ने गरि अनि दोहोर्याई तेहर्याई लगातार कहिले पनि अर्को लाइ फोन नगर्नुस थाहा हुन्न अर्को पक्ष गम्भीर कतै अति महत्वपूर्ण काममा हुन सक्छ।यसो गर्दा अर्को पक्ष रिसाउँन वा चिढिन सक्छ।तपाइको काम प्रति उसको सहयोग वा सहानुभूति वा चासो नरहन वा कमि आउन सक्छ।तसर्थ २ वा ३ घन्टी पछी फोन बन्द गर्नुस केहि समय पर्खनुस ताकी उता बाट फुर्सद भए पछी फोन आवोस भन्ने अपेक्षा राख्नुस वा जरुरि भए टेक्स मेसेज पठाउनुस।

१२ -मोबाइल मा खास कुरो सकिए पछी लामो कुरो वा कुरो लम्ब्याउने न गर्नुस हामी हरुमा के चलन छ भने खास कुरो सकीए पछी पनि अनि अरु के च त् ?अनि अरु ?यसरी कुरो गर्ने चलन छ यसले एकातिर समय नोक्सान ल फुर्सदिलो हुनु हुन्छ भने पनि मोबाइलमामा समय अनुसार पैसा लाग्छ त्यो भन्दा पनि खराब नोक्सान के हुन्छ भने अनि अरु ?अनि अरु ?ले अनाबस्यक रुपमा तर्क बितर्क गर्ने वा खास गरि अरुको कुरो काट्ने प्रवृति लाइ बढावा दिएको हुन्छ।हामी मध्य धेरै लाइ त्यो अनुभब छ कि अनाबस्यक लामो कुरो गर्ने कुरो घुमाएर लम्ब्याएर गर्ने हरुको फोन कत्तिले त् उठाउदा पनि उठाउदैनन र पछी आफ्नो फुर्सदमा कल ब्याक गर्ने गर्दछन केहि थियो कि भनेर …..मोबाइल फोनको प्रयोग अति आबस्यक र सजिलोको लागि मात्र हो समय र पैसाको दुरुपयोगको लागि होइन।यसको पूर्ण सदुपयोग गरौ।समय र परिस्थिति अनि स्थान हेरेर समझदारी एबम बिबेकपूर्ण तरिकाले प्रयोग गरौ।

१३ – कोरोनाको जस्तै अरु सरुवा बिमारीको बितण्डाको समयमा तपाइले बोक्नु भएको मोबाइल फोनमा समेत उसले यात्रा गर्न सक्छ त्यसैले घर पुग्ने बित्तिकै वा जहाँ हात धुनु हुन्छ त्यहाँ मोबाइल फोनको अनुहार पनि पुछी दिने गर्नुस र सक्दो नाक र मुख भन्दा टाढा राख्नुस अर्थात ब्याग वा पाइन्ट को पछाडी राख्नुस र ह्याण्ड फ्री प्रयोग गर्नुस।

Shekhar Dhungel (शेखर ढुंगेल)

सृष्टि कर्ता ले मानिस लाइ दया करुणा सेवा र संबेदनसिल प्राणि वा आफ्नो प्रतिनिधि को रुपमा बनाएको हुन् ।तसर्थ जहाँ आबस्यकता देखिन्छ जहिले सम्भावना हुन्छ बिना तर्क बितर्क , बिना आफ्नो पराइको परिचय बिना फाइदा बेफाइदाको हिसाब ,बिना सुबिधा असुबिधाको बहाना दया भाब देखाई हाल्नु पर्छ सहयोगको हात बढाई हाल्नु पर्छ जहाँ आबस्यकता हुन्छ त्यहाँ आफै लाइ उत्तरदायी वा जिम्मेवार सम्झी सहयोगको हात बढाउनु एक बिबेकसिल आदर्श नागरिक को उदाहरण हुनु हो।

http://katunjedhungel.blogspot.com

पत्रकार/लेखक

शेखर ढुंगेल पत्रकार/लेखक हुनुहुन्छ

प्रतिक्रिया