इरानको राजधानीमा बन्दुकधारीले २ न्यायाधीशको हत्या गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार एक व्यक्तिले इरानको राजधानीमा न्यायपालिकालाई लक्षित गरी दुर्लभ हमलामा दुई प्रमुख कट्टरपन्थी न्यायाधीशलाई गोली हानी हत्या गरेका छन् ।
शनिबार भएको आक्रमणमा दुई न्यायाधीशहरुको हत्या भएको हो । न्यायाधीशहरू क्रमस धर्मगुरु मोहम्मद मोगिसेह र अली रजिनी दुवैको गोलीबारीमा मृत्यु भएको सरकारी समाचार संस्था आईआरएनले जनाएको छ। एकजना न्यायाधीशका अंगरक्षक पनि घाइते भएका छन् ।
बन्दुकधारीले पछि आत्महत्या गरेको आईआरएन;ए जनाएको छ । रजिनीलाई सन् १९९९ मा असफल हत्या प्रयासमा निशाना बनाइएको थियो ।
दुबै न्यायाधीशहरू विगत दशकहरूमा अभियोग चलाउने र कार्यकर्ताहरूलाई कडा सजाय दिनका लागि परिचित थिए।
प्रतिक्रिया