फ्लोरिडाको ओर्लान्डोमा ८३ वर्षीया वृद्धा महिलाले चिट्ठा जिते पछि पसल बाहिर आक्रमण गर्ने आक्रमणकारी पक्राउ

इनेप्लिज २०८१ माघ ४ गते १२:२१ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्यको ओर्लान्डोमा ८३ वर्षीया वृद्धा महिलाले चिट्ठा जिते पछि उनि माथि पसल बाहिर आक्रमण गर्ने आक्रमणकारी पक्राउ परेका छन् । प्रहरीका अनुसार आक्रमणकारीले पैसा लिएर फरार रहेका थिए भने उनको ब्यापक खोजी पछि उनलाई पक्राउ गरिएको प्राहरीले जनाएको छ ।

प्रहरीका अनुसार ८३ वर्षीया वृद्धा महिलाको चिट्ठा पैसा पसल सवारी साधन अड्डा (पार्किङ)मा आक्रमण गरि पैसा लगेका थिए । पीडित र संदिग्ध व्यक्तिको बीचमा हस्तक्षेप गर्ने प्रयास गर्ने अर्का एक पुरुष देखिएका थिए ।

प्रहरीले सुविधा पसलबाट ८३ वर्षीया वृद्धा महिलाको चिट्ठा जितेका पैसा दाबी गरेको केही समयपछि नै हिंस्रक रूपमा लुटेको आरोप चित्रग्राहिणी (क्यामेरा)मा कैद भएको प्रहरीले जनाएको थियो ।

ओरेन्ज काउन्टी शेरिफको कार्यालयको एक विज्ञप्ति अनुसार, यो घटना बुधबार बिहान ८ बजे फ्लोरिडाको ओर्लान्डोको एस. गोल्डेन सडकको चौबाटो नजिकै रहेको करी फोर्ड सडक रहेको एक पसल बाहिर भएको थियो।

अधिकारीहरूले सामाजिक सञ्जालमा हिंसात्मक डकैतीको निगरानी श्रब्यदृश्य (फुटेज) प्रकाशित गरेका थिए । नाम नखुलाइएको ८३ वर्षीया वृद्धा महिलाले भर्खरै सङ्कलन गरेको चिट्ठा जितेको पैसा लिएर पसलबाट आफ्नो गाडी नजिक हिड्दा उनि माथि आक्रमण भएको थियो ।

ओरेन्ज काउन्टी शेरिफको कार्यालयले संदिग्ध व्यक्ति डिएगो स्टालिन टाभारेज फ्लेरीलाई पक्राउ गरिएको जनाएको छ ।

प्रतिक्रिया