इजरायल हमास सम्झौता अन्तर्गत बन्धक मुक्ति आइतबारदेखि नै सुरु हुन सक्ने , इजरायली मन्त्रिपरिषद् बैठक अझै जारी

इनेप्लिज २०८१ माघ ४ गते ११:४४ मा प्रकाशित

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयबाट जारी विज्ञप्ति अनुसार आइतबारदेखि नै बन्धक मुक्त हुन सक्ने जनाएको छ ।

“मन्त्रिपरिषद् र सरकारको अनुमोदन र सम्झौता लागू हुने बित्तिकै बन्धकहरूको रिहाइ योजनाबद्ध रूपरेखा अनुसार हुन सक्छ, जसमा बन्धकहरूलाई आइतबारसम्मै रिहा गरिने अपेक्षा गरिएको छ,” विज्ञप्तिमा भनिएको छ।

नेतन्याहूको मन्त्रिपरिषद्ले सम्झौतामा मतदान गर्न बाँकी छ । शुक्रबार बिहानसम्म दुई पटक मतदान ढिलाइ भएको छ।

गाजाको नागरिक रक्षा निकायले बुधबारको प्रारम्भिक घोषणादेखि १०० भन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भएको बताएको छ। हमाससँग भएको युद्धविराम सम्झौताको छलफल र अनुमोदन गर्न इजरायली मन्त्रिपरिषद्बैले ठक गरिरहेको छ।

नेतान्याहूको कार्यालयलाई वार्ता टोलीले “बन्धकहरूलाई रिहा गर्ने सम्झौतामा सहमत भएको छ” भनी जानकारी गराएको थियो । बन्धक परिवारहरूलाई सम्झौताको बारेमा जानकारी गराइएको र उनीहरूको फिर्तीको लागि तयारी भइरहेको विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया