फ्लोरिडाको ओर्लान्डोमा ८३ वर्षीया वृद्धा महिलाले चिट्ठा जिते पछि पसल बाहिर आक्रमण ,आक्रमणकारीले पैसा लिएर फरार

इनेप्लिज २०८१ माघ ३ गते १२:११ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्यको ओर्लान्डोमा ८३ वर्षीया वृद्धा महिलाले चिट्ठा जिते पछि उनि माथि पसल बाहिर आक्रमण भएको छ। प्रहरीका अनुसार
आक्रमणकारीले पैसा लिएर फरार रहेकोले उनको ब्यापक खोजी भै रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका नुसार ८३ वर्षीया वृद्धा महिलाको चिट्ठा पैसा पसल सवारी साधन अड्डा (पार्किङ)मा आक्रमण गरि पैसा लगेका छन् । पीडित र संदिग्ध व्यक्तिको बीचमा हस्तक्षेप गर्ने प्रयास गर्ने अर्का एक पुरुष देखिएको छ।

प्रहरीले सुविधा पसलबाट ८३ वर्षीया वृद्धा महिलाको चिट्ठा जितेका पैसा दाबी गरेको केही समयपछि नै हिंस्रक रूपमा लुटेको आरोप चित्रग्राहिणी (क्यामेरा)मा कैद भएको प्रहरीले जनाएको छ।

ओरेन्ज काउन्टी शेरिफको कार्यालयको एक विज्ञप्ति अनुसार, यो घटना बुधबार बिहान ८ बजे फ्लोरिडाको ओर्लान्डोको एस. गोल्डेन सडकको चौबाटो नजिकै रहेको करी फोर्ड सडक रहेको एक पसल बाहिर भएको थियो।

अधिकारीहरूले सामाजिक सञ्जालमा हिंसात्मक डकैतीको निगरानी श्रब्यदृश्य (फुटेज) प्रकाशित गरेका छन् । नाम नखुलाइएको ८३ वर्षीया वृद्धा महिलाले भर्खरै सङ्कलन गरेको चिट्ठा जितेको पैसा लिएर पसलबाट आफ्नो गाडीमा हिंडिरहेको देखिन्छ। संदिग्ध व्यक्ति डिएगो स्टालिन टाभारेज फ्लेरी भएको प्रहरीले जनाएको छ । त्यसपछि सुविधा पसलमा रहेको अर्को पुरुष बाहिर निस्किरहेको देखिन्छ र पीडित र संदिग्धको बीचमा हस्तक्षेप गरिरहेको देखिन्छ,

संदिग्ध व्यक्ति हाल फरार छन् । र६५ वर्ष वा सोभन्दा माथिको व्यक्तिमाथि डकैती, अचानक लुटपाट र आक्रमणको आरोपमा खोजी भइरहेको छ । संदिग्ध व्यक्तिको बारेमा जानकारी प्राप्त भएमा ओरेन्ज काउन्टी शेरिफको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया