“पत्रकारहरू विरुद्धको सबैभन्दा ठूलो नरसंहार” इजरायली हवाई आक्रमणमा गाजाका पत्रकारको मृत्यु

इनेप्लिज २०८१ माघ २ गते १२:२५ मा प्रकाशित

कमिटी प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे) अर्थात् पत्रकार संरक्षण समितिका अनुसार अक्टोबर ७ मा हमासको नेतृत्वमा भएको आक्रमणपछि इजरायलले गाजामा युद्ध सुरु गरेदेखि १५० भन्दा बढी प्यालेस्टिनी पत्रकार मारिएका छन्।

सीपीजेले बुधबार प्रकाशित गरेको प्रतिवेदनमा इजरायलद्वारा कब्जा गरिएको पश्चिम किनारा , इजरायल र लेबनानमा कम्तिमा १६० पत्रकार र संचारकर्मी मारिएका छन्, जुन १९९२ मा वकालत समूहले तथ्याङ्क सङ्कलन गर्न थालेदेखि पत्रकारहरूको लागि सबैभन्दा घातक अवधि हो।

यस हप्ताको सुरुमा प्यालेस्टिनी छापा निकाय (प्रेस एजेन्सी)का लागि काम गर्ने पत्रकार मोहम्मद बशीर अल-टोल्म्सको गाजा शहरको शेख रडवान छिमेकमा इजरायली हवाई आक्रमणबाट गम्भीर घाइते भएपछि मृत्यु भएको एक विज्ञप्तिमा भनिएको छ।

हामी प्यालेस्टिनी पत्रकारहरूको जानीजानी निरन्तर हत्याको कडा निन्दा गर्छौं, यसका राजनीतिक र सैन्य नेताहरू र सैनिकहरूलाई आधुनिक समयमा पत्रकारहरू विरुद्धको सबैभन्दा ठूलो नरसंहारमा संलग्नताको लागि जवाफदेही बनाइयोस् भन्दै माग गरिएको विज्ञप्तिमा भनिएको छ।

सोमबार गाजामा मारिने अल-टोल्म्स दोस्रो पत्रकार थिए । मध्यस्थकर्ताहरूले युद्धविराम सम्झौता नजिकिँदै गरेको बताएपछि इजरायली आक्रमणमा गाजामा दर्जनौंको मृत्यु भएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार मंगलबार गाजामा कम्तिमा ५४ जनाको मृत्यु भएको छ । मध्यस्थकर्ताहरूले बन्धकहरूका लागि युद्धविराम सम्झौता अन्तिम चरणमा रहेको बताएका छन्।

अस्पतालका अधिकारीहरूका अनुसार मंगलबार राति मध्य गाजामा देइर अल-बलाह र अल-नुसेरात र दक्षिणी गाजामा रफाहमा भएको आक्रमणमा कम्तिमा २३ जनाको मृत्यु भएको छ । गाजा क्षेत्रमा एक दिन अगाडी कम्तीमा ३१ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया