महाभियोग लगाइएका दक्षिण कोरियाली राष्ट्रपतिलाई सैनिक कानून घोषणाको कारण हिरासतमा लिइयो

इनेप्लिज २०८१ माघ २ गते १२:०६ मा प्रकाशित

दक्षिण कोरियाका महाभियोग लगाइएका राष्ट्रपति युन सुक येओललाई बुधबार राष्ट्रपति भवनमा एक विशाल प्रहरी परिचालन अभियानमा हिरासतमा लिइएको छ । उनले भ्रष्टाचार विरोधी निकायलाई उनको कार्यको अनुसन्धान गर्ने अधिकार नभएको तर हिंसा रोक्नको लागि उनले पालना गरेको बताएका छन् ।

भ्रष्टाचार विरोधी निकायको मुख्यालयमा लगिनु अघि अभिलेखन (रेकर्ड )गरिएको श्रब्यदृश्य (भिडियो )सन्देशमा युनले “आफ्नो देशमा कानूनको शासन पूर्ण रूपमा ध्वस्त भएको” मा दुःख व्यक्त गरे।

पक्राउ परेका देशका पहिलो बहालवाला राष्ट्रपति युनलाई राजधानी सियोलको हन्नम-डोङ निवासमा हप्तौंसम्म लुकाइएको थियो । उनले डिसेम्बर ३ मा आफ्नो संक्षिप्त सैनिक कानून (मार्शल ल )घोषणालाई “राज्य विरोधी” विपक्षी विरुद्धको वैध शासनको कार्यको रूपमा औचित्य दिएका छन् ।

उच्च श्रेणीका अधिकारीहरूको लागि भ्रष्टाचार अनुसन्धान कार्यालयले युनलाई राष्ट्रपति परिसरमा पुगेको लगभग पाँच घण्टा पछि र निवासमा सफलतापूर्वक प्रवेश गरेको लगभग तीन घण्टा पछि हिरासतमा लिइएको बताएको छ ।

युनलाई हप्तासम्म हिरासतमा राख्न सकिने सिबिएसन्यूजले जनाएकोछ । भ्रष्टाचार विरोधी निकायले पत्रकारहरूलाई बताएअनुसार युनले आफ्नो पहिलो दुई घण्टाको सोधपुछको क्रममा मौन बस्ने आफ्नो अधिकार प्रयोग गरे।

सियोल पश्चिमी जिल्ला अदालतले जारी गरेको युनको लागि थुनामा राख्ने पक्राउ पूर्जीमा उनले विद्रोही नेता को रूपमा अपराध गरेको शंका गर्ने पर्याप्त कारणहरू छन्,बिज्ञप्तिमा भनिएको छ । डिसेम्बर १४ मा संसदले उनलाई महाभियोग लगाएपछि युनको राष्ट्रपतिको शक्ति निलम्बन गरिएको थियो।

प्रतिक्रिया