इजरायल हमास युद्धविराम सम्झौता अन्तिम चरणमा पुगेको दुवै पक्षले बताएका छन्।
पहिलो चरणमा ३३ जना रिहाहुने सॅकेत देखिएको छ ।
गाजामा युद्धविराम-बन्धक सम्झौतामा पुग्न इजरायलसँगको वार्ता आफ्नो “अन्तिम चरणमा पुगेको छ,” हमासले मंगलबार एक विज्ञप्तिमा जनाएको छ ।
हमासले प्यालेस्टिनी गुटहरूलाई वार्तामा भएको प्रगतिबारे जानकारी गराएको र गुटका नेताहरू घटनाक्रमबाट सन्तुष्ट रहेको पनि बताएको छ।
अक्टोबर ७, २०२३ मा हमासले इजरायलमा आक्रमण गर्दा २५१ जना अपहरणमा परेका थिए।
इजरायलले ९४ जना बन्धकहरू अझै गाजामा रहेको र अन्य १५७ जना फिर्ता भएको बताएको छ ।
अक्टोबर ७ देखि पक्राउ परेकामध्ये ८१ पुरुष र १३ महिला छन् । पाँच वर्षमुनिका दुई बालबालिका छन् । र ,८४ जना इजरायलका, ८ जना थाइल्याण्डका, १ जना नेपालका र एक जना तान्जानियाका छन् ।
इजरायलले सम्भावित सम्झौताको पहिलो चरणमा रिहा हुने ३३ जना बन्धकहरूमध्ये अधिकांश जीवित रहेको विश्वास लिएको एक वरिष्ठ इजरायली अधिकारीले भने ।तर रिहा गरिएकामध्ये मृतक बन्दीहरूको शव पनि हुन सक्ने उनले बताए ।
प्रतिक्रिया