गीता कुरान बाइबल

इनेप्लिज २०८१ पुष २९ गते २३:४४ मा प्रकाशित

खगेन्द्र प्रसाद आचार्य

दिन दिनै गल्दै गएको,
काध व्यबहारको भारिले थिचेको,
त्यो बिबश बिचरा एक्लो यात्री ,
गिता कुरान बाइबल बोकेर,
जिन्दगीको सच्चाइ खोज्न हिडेको ।

त्यो बिबशले केही आफ्ना सपना,
केहि खुसिका क्षण आखामा लुकाएर
धर्म ग्रथ गिता कुरान बाइबलमा,
फरक खोज्दै हिडेको बेला,

एउटा ठूलो ढुङ्गामा खुट्टा ठोकिएर,
बिच बाटोमा अलमल परेको बेला,
कहिले नदेखेको कालको रुप मिर्त्यु,
आफ्नो अगाडि खडा देखेर तर्सिएछ

चारैतिर हेरेर मिर्त्यु को आँखा छलेर,
बाटो मोडेर अगाडि बढदै जादा ,
श्मशान घाट लेखेको देखेछ ।
घाटको राजा कराएको सुनेर,
बिचरा थुचुक्क त्यही बसेछ ।

तेरो आखिरी लक्ष्य यहि नै हो ।
यताउता घुम्दै समय धेरै बिताइस।
बल्ल आज यहाँ आइ पुगिस,
यो ससार घुमेर के पाइस त?
यो मानव सागरमा के देखिस त?

ए राजन,कसैले गितामा ज्ञान पाएनन,
कोहि कुरानमा इमान छैन भन्छ्न,
कोहि बाइबलमा सम्मान छैन भन्छन ।
यी धर्म ग्रन्थको सत्य बुझ्न हिडेको ।

कर्ममा लेखेको भोग्नै पर्छ राजन ।
समय कुन बेलासाथ हुन्छ?
कुन बेला कस्को साथ छोडछ ?
कुनै मानबलाइ थाहा हुदैन ।

गिता कुरान बाइबल मिलाएर,
एउटै ग्रन्थ बनाइ देउ भगवान,
सबै धर्मका भगवान एउटै हुन,
बिबेकहिन सन्तानलाइ सम्झाइ देउ।

भगवान सबै धर्मका साझा हुन,
भगवानको रुप मात्र फरक हो ।
भगवान सबै धर्मका एउटै हुन।
समय नै भगवानको प्रतिरुप हो।
यी अज्ञानिलाई बताइ देउ आज

खगेन्द्र प्रसाद आचार्य
काठमान्डु

प्रतिक्रिया