युक्रेनले मानव रहित यान (ड्रोन )आक्रमणमा रुसको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्रहरू मध्ये एकलाई प्रहार गरेको बताएको छ । युक्रेनले शनिबार रुसको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्रहरू मध्ये एकलाई ड्रोन(मानव रहित यान) आक्रमणमा प्रहार गरेको दाबी गरेको छ। आक्रमणबाट रुसी क्षेत्रमा ७०० माइलभन्दा बढी टाढा रहेको सुविधामा आगो लागेको छ।
युक्रेनका सैनिक आधिकारीका अनुसार टाटारस्तानको निज्नेकाम्स्क शहरमा रहेको तेल प्रशोधन केन्द्र (रिफाइनरी)मा भएको आक्रमण एक वर्षको अवधिमा युक्रेनी सेनाले सुविधामाथि दोस्रो पटक प्रहार गरेको हो ।
तर टाटरस्तान गणराज्यको प्रेस सेवाले कारखानामा आगलागी भएको अस्वीकार गरेको छ । युक्रेन युद्ध प्रयासको लागि कोष कटौती गर्न बाइडेन प्रशासनले रूसी तेल उद्योगमा कडा प्रतिबन्ध लगाएको छ । युक्रेनी अधिकारी कोभालेन्कोका अनुसार टेनेको रिफाइनरी(तेल प्रशोधन केन्द्र ) को प्रति वर्ष १ करोड ६० लाख टनभन्दा बढी तेल प्रशोधन गर्ने क्षमता छ । रूसी सेनालाई इन्धन आपूर्तिमा प्रमुख भूमिका खेल्छ । यी ध्वस्तले तीव्र युद्ध गर्ने रूसको क्षमतालाई प्रत्यक्ष असर गर्ने अधिकारीले बताए ।
गत अप्रिलमा टाटरस्तानमा युक्रेनी मानव रहित यान (ड्रोन )आक्रमणहरूले शाहेद मानव रहित यान जोड्ने (ड्रोन एसेम्बली कारखाना) र रिफाइनरी(पेल प्रसोधन केन्द्र )मा रहेको प्राथमिक तेल प्रशोधन ईकाइ दुवैलाई लक्षित गरेको थियो। गत अप्रिलमा भएको आक्रमण युक्रेनले रुसी भूभागमा गरेको सबैभन्दा टाढाको आक्रमण थियो।
प्रतिक्रिया