ट्रम्प कैद नपर्ने र कुनै दण्ड पनि लगाईन, विनासर्त रिहाई 

इनेप्लिज २०८१ पुष २६ गते १५:३५ मा प्रकाशित

निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले २०१६ मा चुप लगाउन वयस्यक चलचित्रकी कलाकारलाई दिएको रकम मुद्दामा न्यायाधिशले  ट्रम्पलाई मुक्ति दिएका छन्। अर्थात उनि कैद नहुने र कुनै दण्डको सहभागी हुनु नपर्ने भएको छ ।

ट्रम्पलाई बिना शर्त रिहाईको सजाय सुनाइएके छ । जसको मतलब उसले कुनै जेल समय वा दण्डको सामना नगर्नु पर्ने भएको न्यायाधीश जुआन मर्चनले डोनाल्ड ट्रम्पलाई बिना सर्त रिहाईको सजाय सुनाए।

मर्चनले सुनुवाइ पूरा गरेपछि ट्रम्पले कुनै प्रतिक्रिया जनाएनन्।

यो निकै डरलाग्दो अनुभव भएको ट्रम्पले बताए।

निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आजको सजाय सुनुवाइमा आफ्नो बयान सुरु गर्दै धेरै डरलाग्दो अनुभव भएको बताए ।

यो एक राजनीतिक प्रतिशोध भएको भन्दै ट्रम्पले आफ्ना पूर्व वकिल माइकल कोहेनलाई दोष लगाए ।

आज उनि परोक्ष( भर्चुअल) मा उपस्थित आफूपूर्णतया निर्दोष भएको र आफूले केहि गलत नगरेको बताए।

न्यायाधीश जुआन मर्चनले बोल्दा ट्रम्प अगाडि झुकेका थिए ।

प्रतिक्रिया