इजरायलले गाजाबाट बरामद गरिएको बन्धकको शव पहिचान गरेको छ । इजरायली सेनाका अनुसार बुबाको अवशेष फेला परेको केही दिनपछि उनको शव फेला पारेको हो ।
इजरायली सेनाले शुक्रबार दक्षिणी गाजाको सुरुङबाट बरामद गरिएको बन्धकको शव योसेफ अल-जियादनाहको छोराको भएको पहिचान गरेको बताएको छ। जसको शव यस हप्ताको सुरुमा बरामद गरिएको थियो।
इजरायली रक्षा बल र आन्तरिक सुरक्षा संस्थाका अनुसार उनि २३ वर्षीय हमजा अल-जियादनाह भएको र उनि रफाह क्षेत्रको सुरुङमा मृत फेला परेका थिए।
इजरायली सेनाले गत बुधबार राफाह क्षेत्रको सुरुङबाट ५३ वर्षीय युसेफ अल-जियादनाहको शव फेला पारेको थियो।
हमजा र उनका बुबालाई अक्टोबर ७, २०२३ मा इजरायलमा हमासको आक्रमणको क्रममा अपहरण गरिएको थियो र गाजा पट्टीमा राखिएको थियो।
“हमजा र योसेफलाई अक्टोबर ७ मा जिउँदै अपहरण गरिएको थियो । हमासको कैदमा हुँदा मारिएको थियो,” विज्ञप्तिमा भनिएको छ।
अल-जियादनाह परिवार दक्षिणी इजरायलको नेगेभ मरुभूमिमा बस्ने बेदुइन मुस्लिम-अरब समुदायको हिस्सा हो।
प्रतिक्रिया