लस एन्जेलसमा आगलागीबाट मृत्यु हुनेको कूल संख्या ५ पुग्यो ,गायिका तथा अभिनेत्री म्यान्डी मूरले घर छोडिन

इनेप्लिज २०८१ पुष २४ गते २३:२९ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जेलसमा आगलागीबाट मृत्यु हुनेको कूल संख्या ५ पुगेको एलए काउन्टी शेरिफले केएबीसीलाई बताए ।

इटन आगलागीका कारण पाँच जनाको मृत्यु भएको लस एन्जलस काउन्टी शेरिफ रोबर्ट लुनाले बुधबार सिएनएन सम्बद्ध केएबीसीलाई बताए।

अधिकारीहरूले पहिले पत्रकार सम्मेलनमा दुई जनाको मृत्यु भएको बताएका थिए।

सान्टा क्लारिटा नजिकैको आवासीय समुदायमा सडक नजिकै बुधबार ५० एकडमा आगो लागेको छ । त्यस्तै गायिका तथा अभिनेत्री म्यान्डी मूरले आगोको बीचमा अल्टाडेना घर खाली गरेकी बताइन । आफू स्तब्ध भएको बताइन ।

गायक तथा अभिनेत्री म्यान्डी मूरले अल्टाडेनामा आगो फैलिँदै जाँदा उनको परिवार सहित उनि मंगलबार राति बाहिर निस्किएको बताइन्।

सान्टा मोनिका शहरले सिमानामा रहेको शहरको सबैभन्दा उत्तरी भागको लागि नयाँ निकासी आदेश जारी गरेको छ । प्रहरी अधिकारीहरूले मानिसहरूलाई अहिले नै छोड्न चेतावनी दिइरहेका छन्।

क्यालिफोर्नियाकी पूर्व प्रथम महिला मारिया श्रीभरले क्यालिफोर्नियामा लागेको डढेलो “हृदयविदारक, विनाशकारी, विश्वासभन्दा बाहिर” भएको बताइन्।

“सबै कुरा सकियो। हाम्रो छिमेक र हाम्रा चमेनागृहहरू। हाम्रा सबै साथीहरूले सबै कुरा गुमाएका छन्। हामीले खाली गरेका छौं, तर सुरक्षित छौं। तर मानिसहरूले सबै कुरा गुमाएका छन्,” उनले सामाजिक संजाल इन्स्टाग्राम लेखेकी छिन् ।

बुधबार दिउँसोसम्म १५ लाखभन्दा बढी घर, व्यवसाय र अन्य विद्युत ग्राहकहरू बिजुली बिहिन भएका छन् । बिद्युत बिच्छेद लगभग सबै दक्षिणी क्यालिफोर्नियामा भएको सिएनएनले जनाएको छ ।

प्रतिक्रिया