ट्रम्प र वाल्मार्टका प्रमुख बीच फ्लोरिडामा भेटघाट ,अमेरिकाका प्रमुख कार्यकारी अधिकारी(सिइओ)हरुसँग ट्रम्पको भेटघाट क्रम जारी

इनेप्लिज २०८१ पुष २४ गते १२:०३ मा प्रकाशित

अमेरिकाका प्रमुख कार्यकारी अधिकारी(सिइओ)हरुसँग निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले भेटघाटको क्रमलाई जारी राखेका छन् । उनले दर्जनौ दर्जन उद्योगपति ,ठूला व्यवसायी र धनाढ्यहरु संगको भेटघाटलाई निरन्तरता दिई रहेका छन् । आगामी जनवरी २० का दिन उनको सपथ ग्रहण समारोह रहेको छ ।

उनले सबैलाई फ्लोरिडा स्थित आफ्नो भवन मारोलागोमा भेटघाट गर्ने क्रमलाई जारी राखेका छन् । मेटा ,एमाजोन लगायतका प्रमुखहरुले ट्रम्पसँग भेटघाट गरेका छन् भने उनीहरुले सपथ ग्रहण समारोहको लागि आर्थिक सहयोग गरि सकेका छन् ।

वालमार्टका प्रमुख कार्यकारी अधिकारी (सीईओ) डग म्याकमिलनसँग गत मंगलबार ट्रम्पसँग फ्लोरिडा स्थित मारोलागोमा भेटे गरेको एबीसी न्यूजले जनाएको छ । वालमार्टका प्रवक्ताले उनीहरुको बैठकलाई “बृहत वार्तालाप ” भएको बताएका छन् ।

वालमार्ट विश्वको सबैभन्दा ठूलो खुद्रा बिक्रेता हो । वालमार्टले १५ लाख भन्दा बढी अमेरिकीहरूलाई रोजगार दिएको छ । वालमार्टका प्रवक्ताले एबीसी न्यूजलाई भने, डगले राष्ट्रपति ट्रम्पसँग विभिन्न विषयहरूमा कुराकानी गर्न पाउँदा रमाइलो गरे।

“यो राम्रो कुराकानी भयो ,हामी हाम्रो देशलाई अगाडि बढाउन मद्दत गर्न तयार छौं,” प्रवक्ताले भने।

त्यस्तै ट्रम्पले मंगलबार डोरड्यासका प्रमुख टोनी सुसँग भेट गरेका छन् । उनले एक्सन मोबिलका प्रमुखसँग पनि भेट गर्ने कार्यक्रम रहेको एबिसीन्यूजले जनाएको छ ।

प्रतिक्रिया