अमेरिकामा हिमपातको कारण कम्तिमा ४ जनाको मृत्यु ,२ हजार उडान रद्ध

इनेप्लिज २०८१ पुष २३ गते १:२२ मा प्रकाशित

अमेरिकामा हिमपातको कारण कम्तिमा ४ जनाको मृत्यु भएको छ । अमेरिकामा आज सोमबार दिउसो सम्म कम्तिमा २ हजार उडानहरु रद्ध भएका छन् ।

मिजौरी राज्य राजमार्ग गस्तीले हिजोसम्म ३५० भन्दा बढी दुर्घटनाहरू र १,००० भन्दा बढी फसेका गाडी चालकहरूलाई जवाफ प्रहरीहरुले प्रतिक्रिया दिएका छन् । कुल मिलाएर गत राति आपतकाल सेवाका लागि २,००० भन्दा बढी घन्टी आएको र जसमा एक जनाको मृत्यु भएको एनबिसीन्यूजले जनाएको छ ।

अमेरिकामा ६ करोड मानिसहरु हिमपातको सतर्कतामा रहेका छन् । अमेरिकाको मध्य क्यान्ससमा लगभग १८ इन्च हिउँ परेको छ। माथिल्लो न्युयोर्कका केही भागहरू ६ फिट भन्दा बढी हिउँको थुप्रो लागेको छ ।

हिमपातको कारण तीन लाखभन्दा बढी ग्राहकले विद्युत गुमाएका छन् । भर्जिनियामा पनि ९० हजार भन्दा ज्यादा ग्राहकहरु बिजुली बिहिन भएका छन् ।हिजोसम्म देशको मध्य भागबाट मध्य एट्लान्टिक सम्म आएको जाडो र हिउमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ ।

मिजौरीमा ६१ बर्षिय एभरेट कार्टर नामका सरकारी कर्मचारी,हिउँ हटाउने कार्य गरिरहेको बेला चोट लागे पछि ज्यान गएको ज्याक्सन काउन्टीका अधिकारीहरूले भने।त्यस्तै क्यान्सस राजमार्ग गस्तीले हिजो दक्षिणपश्चिम विचिटामा मौसम सम्बन्धी दुर्घटनामा दुई जनाको मृत्यु भएको बताएको छ।

त्यस्तै टेक्ससमा चिसो मौसमको कारण एक व्यक्ति मृत फेला परेका छन् । त्यस्तै हिमपातको कारण ४ हजार ७०० उडान ढिलो भएका छन् ।

केन्टकी राज्यको लुइभिलका नगर प्रमुख अनुसार शहरमा २५ वर्षभन्दा बढीमा सबैभन्दा ठूलो एकै दिनको हिमपातखसेको बताए ।

प्रतिक्रिया