न्यायाधीश मर्चनद्वारा ट्रम्पले चुप लगाउन वयस्क चलचित्रकी कलाकारलाई दिएको रकमको सजायलाई स्थगित गर्ने अनुरोधलाई अस्वीकार

इनेप्लिज २०८१ पुष २२ गते २३:०५ मा प्रकाशित

न्यूयोर्कका न्यायाधीश जुआन मर्चनले निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले वयस्क चलचित्रकी कलाकारलाई चुप लगाउन दिएको रकम सजायको लागि आगामी शुक्रबार हुने सजाय स्थगित गर्ने अनुरोधलाई अस्वीकार गरेका छन् ।

ट्रम्पका वकिलहरूले मर्चनको निर्णयविरुद्ध न्यूयोर्कको पुनरावेदन अदालतमा अपिल गर्ने सम्भावना रहेको सिएनएनले जनाएको छ ।

गत हप्ता मर्चनले ट्रम्पको प्रयासलाई अस्वीकार गरेका थिए । अब ट्रम्प निर्वाचित राष्ट्रपति भइसकेका छन् । न्यायाधिश मर्चनले उनलाई कुनै पनि कारागार सजाय सजाय हुने छैन भन्दै स्पष्ट परेका छन् ।

ट्रम्पका वकिलहरूले उनको अपील चल्दा सजाय रोकिनु पर्छ । अदालतले जनवरी १० ,२०२५ को लागि तय गरिएको सजाय सुनुवाई खाली गर्नुपर्छ, र राष्ट्रपति ट्रम्पको उन्मुक्ति अपील पूर्ण र अन्तमा समाधान नभएसम्म यस मुद्दामा थप सबै म्यादहरू निलम्बन गर्नुपर्छ, जसले गर्दा यो मुद्दा खारेज हुनुपर्दछ, जुन कहिल्यै ल्याउनु हुँदैनथ्यो,ट्रम्पका वकिलहरूद्वारा जारी गरिएको बिज्ञप्तिमा भनिएको छ ।

यता , म्यानह्याटन जिल्ला वकिलको कार्यालयले न्यायाधिश मर्चनलाई उनको सजाय स्थगित गर्न ट्रम्पको अनुरोध अस्वीकार गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया