अमेरिकाका १८ वटा राज्यका ६ करोड मानिस हिमपातको प्रभावमा ,८-१० इन्च हिउ जम्यो ,१,५०० हवाई उडान रद्ध

इनेप्लिज २०८१ पुष २२ गते १२:०३ मा प्रकाशित

अमेरिकाका १८ वटा राज्यका ६ करोड मानिस हिमपातको प्रभावमा परेका छन् । १८ वटा राज्यमा कम्तिमा पनि ८-१० इन्च सम्म हिमपात भएको छ । अमेरिकाको डिसी क्षेत्रमा अझै हिउ रोकिएको छैन ।

सोमबार जनवरी ६ बिहान ७ बजे सम्म १५०० हवाई उडानहरु रद्ध भएका छन् । ६० मिलियन भन्दा बढी अमेरिकीहरू भारी हिउँ, हिम आंधी बरफको चेतावनी अन्तर्गत रहेका छन् क्यान्सस नेब्रास्का र मिजौरीमा हिमपातको चेतावनी जारी गरिएको छ।। १८ वटा राज्यहरूमा लगभग ६० मिलियन अर्थात् ६ करोड अमेरिकीहरू, डकोटा देखि डेलावेयरसम्म आइतवार दिउँसोसम्म जाडो मौसम सतर्कता अन्तर्गत थिए ।

अहिले क्यान्ससबाट पूर्वी तटमा फैलिएको आँधी सोमबारसम्म जारी रहेको छ । सोमबार बिहानसम्म करोडौ अमेरिकीहरुले सेन्ट लुइस ,वाशिंगटन डिसीदेखि पेन्सिलभेनिया, डेलावेयर र न्यू जर्सीका सम्पूर्ण राज्यहरूमा हिउँ निरन्तर जारी रहेको छ । न्यूयोर्क शहरमा पनि सोमबार बिहान हल्का हिउँ वा झरी पर्ने एबिसीन्यूजले जनाएको छ ।

वाशिङटन डिसी र बाल्टिमोर शहरहरूमा ५ देखि १० इन्चसम्म हिउँ जम्मा भएको छ । पूर्वी मेरील्याण्ड र वेस्ट भर्जिनियाकमा १८ इन्चसम्म हिउँ पर्ने छ ।

पिट्सबर्गमा ३ देखि ५ इन्च र फिलाडेल्फियामा २ देखि ४ इन्च र दक्षिणी न्यू जर्सीमा ८ इन्चसम्म हिउँ पर्न सक्ने अनुमान गरिएको छ। माथिल्लो न्यु योर्कका केही भागहरूमा ३ फिट वा बढी हिउँ खसेको छ । हिमपात उत्तरपूर्वतर्फ सर्ने क्रममा सोमबारका लागि करिब ८३६ उडानहरू रद्द गरिएका छन्।

प्रतिक्रिया