नेपाल झापा घर भै विविधता चिट्ठा मार्फत अमेरिकाको भर्जिनियामा लामो समयदेखि बस्दै सफल व्यवसायी तथा सामाजिक अभियन्ता प्रसन्न संग्रौलाले घर जग्गा कारोबारको इजाजत पत्र प्राप्त गरेका छन् ।
उनले आफ्नो सामाजिक संजालमा भर्जिनियाको लागि ग्राहकहरूलाई सेवा दिँदै पूर्ण-समयकालिन इजाजतपत्र प्राप्त घरखरिद तथा बिक्री अभिकर्ता (रियल्टर) भएको खुसी साझा गरेका छन् ।
यो भन्दा अगाडी उनि अर्धकालिन र समय व्यवस्थापन गर्दै गरेता पनि अब देखि पूर्णकालिन सेवा आरम्भ गरेका छन् । अब संग्रौला भर्जिनिया राज्यमा घर जग्गा कारोबारको इजाजत पत्र प्राप्त गरि आफ्नो पेशा सुरु गरेका छन्।
उनले अनेस्ट रियल स्टेट मार्फत सेवा प्रदान गर्नेछन् । साना व्यापारीबाट घरेलु ऋण प्रवाहकर्ताको रुपमा काम गरिरहेका उनले अब भर्जिनिया राज्यमा घर/जग्गा किनबेच गर्ने इजाजत पत्र प्राप्त गरेकोले भर्जिनियाका ग्राहकलाई सहयोग गर्न तत्पर रहेको ईनेप्लिजलाई बताए । उनि डिसी क्षेत्रमा स्थापित अनेष्ट रियल स्टेट सँग जोडिएका छन् ।
उनले आफ्नो आधिकारिक मोर्टगेज लोन ओरिजिनेटर (NMLS: २५२८६२०) धितो ऋण प्रवर्तक संख्या समेत सामाजिक संजालमा प्रकाशित गरेका छन् । उनलाई अनेष्ट रियल स्टेट परिवारले सामाजिक संजाल मार्फत स्वागत गरेको छ भने संग्रौलाले पनि अनेष्टसँग जोडिन पाउँदा उत्साहित भएको जनाएका छन् ।
साथै २०२५ लाई तपाईको उत्तम घर फेला पार्ने वर्ष बनाऔं भन्दै उनलाई सम्पर्क गर्न अनुरोध गरेका छन् ।
उनि एक सामाजिक अभियन्ता पनि हुन् । धर्म कर्म ,मठ मन्दिरलाई दान दिने उनि दानवीर हुन् । मर्दापर्दा उनले थुप्रैलाई गुन लगाएका छन् । सहयोगी ,गतिशील (स्मार्ट ) र समाज सेवामा रमाउने उनि अमेरिका आउनु अघि नर्वे देशमा थिए । अमेरिका आएर थुप्रै ठाउँमा जागिर खाएका छन् । तर हाल उनि एक व्यवसायी हुन् भने इन्धन चौकी (ग्यास स्टेसन )का पनि मालिक हुन् । मेहनत र परिश्रम गर्न अल्छी नमान्ने उनि अति सक्रिय छन् । यसको अतिरिक्त अमेरिकामा आएर अध्ययन समेत गरेका छन् । ईनेप्लिज परिवारको तर्फबाट प्रशन्न संग्रौलालाई बधाई तथा शुभकामना !
प्रतिक्रिया