अमेरिकाको लुजियाना न्यू अर्लिन्सका आक्रमणकारीले आक्रमण गर्नु भन्दा दुई हप्ता अघि शहर भ्रमण गर्दै श्रब्यदृश्य खिचेको एफबीआईले जनाएको छ । साथै आक्रमणको समयमा मेटा स्मार्ट (गतिशील) चश्मा लगाएका थिए ।
आक्रमणकारीले बोर्बन मार्ग हमला अघिको यात्राको क्रममा फ्रेन्च क्वार्टर हुँदै दुई चक्र वाहन (साइकल )चलाउँदै श्रब्यदृश्य खिच्न ( भिडियो )रेकर्ड गर्न चश्मा लगाएको एफबीआईले आइतबार बताएको छ भन्यो। वास्तविक घटनाको समयमा चश्मा थिएन।
४२ वर्षीय शमसुद-दिन जब्बार अक्टोबरको अन्त्यमा र फेरि नोभेम्बरमा न्यु अर्लिन्समा भाडाको घरमा बसेका थिए । बोर्बन स्ट्रीट(गल्ली)मा भएको आक्रमणमा १४ जनाको मृत्यु भएको थियो ।
“मेटा चश्माहरू नियमित चश्मा जस्तो देखिन्छ, तर यसले प्रयोगकर्तालाई श्रब्यदृश्य (भिडियो) र तस्बिरहरु खिच्न ह्यान्ड-फ्री रेकर्ड (हात मुक्त अभिलेखन )गर्न अनुमति दिने एफबीआईका बिशेष गुप्तचर अधिकारी लाईनेल मिर्थीले भने।
जब्बारले आफ्नो नयाँ वर्षको दिन आक्रमणको समयमा चश्मा लगाएका थिए, तर प्रत्यक्ष प्रसारण (लाइभस्ट्रिम)को लागि सक्रिय भएन । जब्बारको चस्मा फेला परे पनि उनले आक्रमणको समयमा कुनै अभिलेखन (रेकर्डिङ )गरेको कुनै संकेत नभएको अधिकारीले बताए ।
प्रतिक्रिया