टिम स्कट अमेरिकी इतिहासमा सबैभन्दा लामो समय सेवा गर्ने कालो सिनेटर बनेका छन् । साउथ क्यारोलाइनाका रिपब्लिकन दलका सिनेटर टिम स्कटको पुरा नाम टिमोथी यूजीन स्कट हो । उनको जन्म सेप्टेम्बर १९ ,१९६५ मा भएको हो ।
उनि अमेरिकी व्यापारी र राजनीतिज्ञ हुन् । गत नोभेम्बर २०२४ को चुनावमा उनि रिपब्लिकनको तर्फबाट प्राथमिक निर्वाचन राष्ट्रपतिका उम्मेदवार थिए । पछि बीच मै मैदान छोडे र निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गरे ।
अस्वेत अमेरिकीहरूले १९६५ को मतदान अधिकार ऐन मार्फत अमेरिकामा मतदान गर्ने अधिकार पाएको ६० वर्ष पछि सिनेटर टिम स्कटले शुक्रबार इतिहास रचे। संयुक्त राज्य अमेरिकाको सिनेटको २३५ वर्षको इतिहासमा सबैभन्दा लामो समयसम्म सेवा गर्ने अफ्रिकी अमेरिकी बने।
यसअघि सबैभन्दा लामो समय सेवा गर्ने अश्वेत सिनेटर म्यासाचुसेट्सका दिवंगत रिपब्लिकन सिनेटर एडवर्ड ब्रुक थिए, जसले सन् १९६७ देखि १९७९ सम्म पद सम्हालेका थिए। स्कट साउथ क्यारोलाइनाबाट पहिलो निर्वाचित अश्वेत सिनेटर, प्रतिनिधि सभा र संसद दुवैमा सेवा गर्ने पहिलो व्यक्ति हुन्।
नयाँ सिनेटरको रूपमा आफ्नो पहिलो भाषणमा स्कटले भने, “म अमेरिकाको महानतामा विश्वास गर्छु किनभने मैले अमेरिकामा हाम्रा मानिसहरूको भलाईको अनुभव गरेको छु। म जस्तो एक साधारण मानिसले यस्तो असाधारण अवसरको साथ आशिष् पाउन सक्छ।”
उनि उत्तरी चार्ल्सटन साउथ क्यारोलाइना जन्मे र हुर्केका स्कट आफ्ना आमाबाबुको सम्बन्धविच्छेद पछि एकल-अभिभावक परिवारमा हुर्केका थिए। उनि माध्यमिक बिद्यालयमा आफ्नो नयाँ वर्षमा अंग्रेजी, स्पेनिश, भूगोल र नागरिक शास्त्रमा असफल भएका थिए ।
उनी प्रायः आफ्नो हजुरबुबासँगको घनिष्ठ सम्बन्धको सम्झना गर्छन्, जो तेस्रो कक्षामा विद्यालय छोड्न बाध्य भएका थिए । बाँच्नको लागि कपास टिपे र आफ्नो जीवनको आधा भन्दा बढी मत दिन पाएनन् ।
स्कटले १९९५ देखि २००९ सम्म चार्ल्सटन काउन्टी परिषदमा सेवा गरे। त्यसपछि उनले २००९ बाट २०११ सम्म साउथ क्यारोलाइना महासभामा सेवा गरे । सन् २०११ देखि २०१३ सम्म अमेरिकी प्रतिनिधि सभामा साउथ क्यारोलाइनाको प्रथम कंग्रेसनल जिल्लाको प्रतिनिधित्व गरे।
सन् २०११ देखि २०१३ सम्म प्रतिनिधि सभामा सेवा गरिसकेपछि स्कटलाई तत्कालीन साउथ क्यारोलाइनाकी तत्कालिन गभर्नर निक्की हेलीले अमेरिकी सिनेटमा रिक्त पद भर्न २०१२ मा उनलाई सिनेटमा नियुक्त गरेकी थिइन् ।
उनले २०१४को मा विशेष चुनाव जितेर आफ्नो सिनेट सीट कायम राखे । सन् २०१६ मा फेरीपूर्ण कार्यकालका लागि निर्वाचित भए । र सन् २०२२ मा पुन: निर्वाचित भए। उनी प्रत्यक्ष निर्वाचित हुने दक्षिणी राज्यबाट पहिलो अफ्रिकी-अमेरिकी सिनेटर बने। उनि अमेरिकी इतिहासमा सबैभन्दा लामो समय सेवा गर्ने अस्वेत सिनेटर र नेशनल रिपब्लिकन सिनेटर समिति(पूर्ण समिति)को अध्यक्षता गर्ने पहिलो अश्वेत व्यक्ति हुन् ।
आफ्नो ११९ औं कांग्रेसमा विस्तार हुँदा, स्कटले सिनेटर स्थायी समितिको पहिलो अश्वेत अध्यक्षको रूपमा इतिहास रच्नेछन् । उनले बैंकिङ, आवास र शहरी मामिला समितिको नेतृत्व गर्नेछन् ।
स्कटले एक विज्ञप्तिमा भने, “मेरो लक्ष्य सरल छ: अमेरिकालाई अमेरिकीहरूको लागि काम गर्ने बनाउनु। म राष्ट्रपति ट्रम्पसँग उनका प्राथमिकताहरूमा काम गर्न उत्सुक छु।
“हामी अवसर खोल्नेछौं, हाम्रो राष्ट्रलाई बलियो बनाउनेछौं, र अमेरिकालाई फेरि पहाडमा चम्किलो शहर बनाउनेछौं,” उनले थपे।
स्कट पछि चार्ल्सटन दक्षिणी विश्वविद्यालयबाट १९८८ मा राजनीति शास्त्रमा स्नातक गरेका छन् । अध्ययन समाप्त पछि कलेजबाट स्नातक गरेपछि उनि एक बीमा अभिकर्ता (एजेन्ट) र वित्तीय सल्लाहकारको रूपमा काम गरे । सानै उमेर देखि स्कट खेलकुद र अमेरिकी भकुण्डोमा उत्कृष्ट थिए । उनले एक अमेरिकी चिक-फिल-ए नामक चमेनागृहमा पनि काम गरे ।
एक पटक उनि गाडी कुदाउदा कुदाउदै निद्रामा पर्दा गाडी दुर्घटनाको परिणामस्वरूप खेलकुदमा निरन्तरता दिन सकेनन् ।
प्रतिक्रिया