अमेरिकी तल्लो सदनमा माइक जोनसन पुन : सभामुखमा बिजयी भएका छन्।आजै भएको पहिलो मतदानमा पूर्ण बहुमत बनाउन सकेनन्।
तर दोश्रो पटक भएको मतदानमा बहुमत प्राप्त गर्दै पुन सभामुखमा निर्वाचित भएका छन्।
जोनसनको विरुद्धमा मतदान गर्ने दुई रिपब्लिकनले आफ्नो मत परिवर्तन गरे पछि सभामुखमा पुन निर्वाचित भएका हुन।
उनले कूल २१८ मत सहित बहुमत पाए । निर्वाचित भएपछि निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले माइक जोन्सनलाई बधाई दिएका छन्।
प्रतिक्रिया