ट्रम्प उद्घाटन अघि डिसी स्थित सांसद भवन क्षेत्रमा सभाको आयोजना गर्ने तयारीमा

इनेप्लिज २०८१ पुष १९ गते १२:४४ मा प्रकाशित

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले उद्घाटन अघि डिसी स्थित सांसद भवन (क्यापिटल वन एरिना)मा क्षेत्र वरिपरि सभा (र्‍याली )गर्ने तयारी गरेका छन् ।

ट्रम्पले राष्ट्रपतिको रूपमा दोस्रो कार्यकालको लागि सपथ लिनु अघिल्लो दिन जनवरी १९ का दिन मा वाशिंगटन डीसीमा अमेरिकालाई फेरी महान बनाऔ भन्ने नारामा विजय जुलुस गर्ने अपेक्षा गरिएको छ।

ट्रम्प-भ्यान्स उद्घाटन समितिले बुधबार घोषणा गरेको जुलुस क्यापिटल वन एरिनामा हुने एबिसी७ समाचारले जनाएको छ । ट्रम्पले जनवरी २० मा अमेरिकी सांसद भवनमा पदको सपथ लिने तयारीमा छन्।

उक्त आयोजना गरिने क्षेत्र करिब २०,००० सिट क्षमता रहेको छ । दर्ता दिउँसो ३ बजे सुरु हुने बताइएको छ। बिहान ११ बजे ढोका खोलिने छ ।

प्रतिक्रिया