नेपाल ट्रेड यूनियन महासंघ जिफन्टसंग आवद्ध अमेरिकामा रहेका मजदुरहरूले जिफन्ट सपोर्ट ग्रुप अमेरिका गठन गरेका छन ।
यहि डिसेम्बर १५ /२०२४ मा पूर्व मजदुर नेताहरू प्रभुराम थापा/शान्ति जिरेलको आतिथ्यतामा भएको भेलाले दिपक सापकोटाको अध्यक्षतामा ७ सदस्यीय कमिटी गठन गरेको हो ।
उक्त कमिटीको सचिवमा सोनु दनुवार चौधरि र कोषाध्यक्षमा केशव सुबेदि यसैगरि सदस्यहरूमा इन्द्र सिह लामा,सुमि राई ,कृष्ण ढकाल तथा दिपक लामिछाने रहनु भएको छ ।
संगठनको सल्लाहकारमा प्रभुराम थापा ,शान्ति जिरेल र मन्जु थापालाई चयन गरेको छ ।
कमिटीले अमेरिका भरी रहनु भएका जिफन्ट संग आवद्दा रहनु भएका पूर्व श्रमिक साथिहरू र यहाँ आएर विभिन्न पेशा व्यवसायमा रहनु श्रमिक साथिहरूलाई सपोर्ट ग्रुपमा जोड्दै संगठन विस्तार गर्ने निर्णय गरेकोछ ।
प्रतिक्रिया