दक्षिण कोरियाका महाभियोग लागेका राष्ट्रपति युनविरुद्ध पक्राउ पुर्जी जारी

इनेप्लिज २०८१ पुष १६ गते १२:०४ मा प्रकाशित

दक्षिण कोरियाका महाभियोग लागेका राष्ट्रपति युनविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

दक्षिण कोरियाको एक अदालतले राष्ट्रपति युन सुक येओललाई उनको अल्पकालीन सैनिक कानून (मार्शल ल) लागू गरेको आरोपमा मंगलबार पक्राउ र खोजी पक्राउ पूर्जी (वारेन्ट )जारी गरेको एबीसी न्यूजले पुष्टि गरेको छ।

एक संयुक्त अनुसन्धान टोलीका अनुसार उनीहरूले विद्रोह र शक्तिको दुरुपयोगमा पक्राउ पूर्जी खोजेका थिए तर युनले सोधपुछका लागि उपस्थित हुन तीनवटा अदालतमा हाजिर हुने समनलाई बेवास्ता गरे।

दक्षिण कोरियाको संविधानअनुसार वर्तमान राष्ट्रपतिमाथि विद्रोहको आरोप लागेमा प्रहरीलाई उनी पदमा रहँदा नै पक्राउ गर्ने अधिकार छ।

पक्राउ पूर्जी ( वारेन्ट )जारी गर्ने अदालतको निर्णय दक्षिण कोरियाको इतिहासमा राष्ट्रपतिका लागि पहिलो हो।

अनुरोधको लगत्तै, युनका वकिलहरूले अदालतलाई “विद्रोहको अनुसन्धान गर्ने अधिकार छैन” । सैनिक कानून घोषणा गर्नु संवैधानिक थियो भनी दाबी गर्दै अदालतलाई खारेज गर्न आग्रह गरे।

युनले डिसेम्बर ३ मा दूरदर्शन (टेलिभिजन )भाषणमा सैनिक कानून अस्थायी रुपमा घोषणा गरेका थिए । पछि ब्यापक बिरोध भए पछि हटाएका थिए । त्यस पछि उनि माथि महाअभियोग लगाई हटाइएको छ ।

प्रतिक्रिया