अमेरिकाको नर्थ डकोटा राज्यका सिनेटरका छोरालाई पीछा गर्ने क्रममा प्रहरीको हत्या गरेको आरोपमा २८ वर्षको कारागार सजाय सुनाईएको छ । सिनेटर केभिन क्रेमरका छोरा आर-एन- डीलाई गत वर्ष पछ्याउने क्रममा शेरिफ सहायकको मृत्युको सम्बन्धमा सोमबार २८ वर्षको जेल सजाय सुनाइएको छ ।
४३ वर्षीय इयान क्रेमरले सेप्टेम्बरमा प्रहरी अधिकारीबाट भाग्ने क्रममा हत्या, लापरवाह खतरा र लागूपदार्थको कब्जा लगायतका नौ आरोपहरूमा दोषी स्वीकार गरे । उक्त पछ्याउने क्रममा गत वर्ष एउटा दुर्घटनामा हुन् पुगी ५३ वर्षीय सहायक प्रहरी पल मार्टिनको मृत्यु भएको थियो । एपीका अनुसार राज्य जिल्ला न्यायाधीश बोबी वेइलरले सजाय सुनाउदै क्रेमरले पूर्ण रुपमा २८ वर्ष सम्म सेवा गर्ने सम्भावना छैन ,उनले भने ।
नर्थ डकोटा राजमार्ग गस्तीका अनुसार क्रेमरले खाली रहेको मर्सर काउन्टी शेरिफको गस्ती गाडीमा ठक्कर दिएका थिए । जसको कारण प्रहरीको मृत्यु भएको थियो ।
क्रेमरका बुबा रिपब्लिकन हुन् र सन् २०१८ सिनेटमा पहिलो पटक निर्वाचित भएका थिए । सिनेटर क्रेमरले उनको छोरा मानसिक रोगसंग संघर्ष गरि रहेको र उनी गम्भीर मानसिक विकारहरुबाट पीडित भएको बताए ।
प्रतिक्रिया