अमेरिकी पुनरावेदन अदालतद्वारा लेखिका क्यारोलको यौन दुर्व्यवहारको फैसला मुद्धामा ट्रम्पको चुनौतीलाई अस्वीकार

इनेप्लिज २०८१ पुष १६ गते १:२० मा प्रकाशित

पुनरावेदन अदालतले लेखिका इ. जीन क्यारोल मुद्दामा यौन दुर्व्यवहारको फैसलामा निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनौतीलाई अस्वीकार गरेको छ ।

ट्रम्प यस मुद्दामा नयाँ सुनुवाइको हकदार नभएको सिबिएसन्यूजले समाचार लेखेको छ । उनको यो मुद्धामा न्यूयोर्कको एक निर्णायक मण्डल(जुरी)ले उनलाई यौन दुर्व्यवहार लेखक ई. जीन क्यारोलको मानहानिको लागि दोषी पाएको संघीय पुनरावेदन अदालतले सोमबार फैसला गरेको छ।

अदालतले ट्रम्प र उनका वकिलहरूको दावीलाई पूर्ण रूपमा अस्वीकार गएको छ ।

मे २०२३ मा निर्णायक मण्डल(जुरी)ले सर्वसम्मतिले निष्कर्ष निकालेपछि ट्रम्पले नयाँ सुनुवाईको लागि आग्रह गरेका थिए ।

मुद्धाका र निर्णायक मण्डलका अनुसार ट्रम्पले सन् १९९० को मध्यमा न्यूयोर्क शहरको बिशाल बजार (डिपार्टमेन्ट स्टोर)मा भएको मुठभेडमा उनलाई यौन दुर्व्यवहार गरेका थिए । सोमबारको ७७ पृष्ठको निर्णयले नौ दिनको सुनुवाई अघि समयमा र पछि ट्रम्पले बारम्बार गरेका उजुरहरूलाई अस्वीकार गर्‍यो।

क्यारोलका अनुसार उनी र ट्रम्प बर्गडोर्फ गुडम्यानमा किनमेल गर्दा संयोगले एकअर्कासँग भेट भएको बताइन । पसलमा रमाइलो पैदल यात्रा सुरु हुनु बित्तिकै उनले यौन दुर्ब्यबहार गरेको जनाइन ।

ट्रम्पले क्यारोलको आरोपलाई कडाइका साथ अस्वीकार गरेका छन्, र सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गर्ने वाचा गरेका छन्। उनले जनवरी २०२४ को सुनुवाईको निर्णयमा पनि अपील गरेका छन् । त्यो मुद्धा अझै विचाराधीनमा छ। दुई वटा मुद्धाहरूमा निर्णायकहरूले संयुक्त रूपमा क्यारोललाई ८८ मिलियन भन्दा बढी पुरस्कार दिएका थिए। ट्रम्पका वकिलहरूले तुरुन्तै टिप्पणीको जवाफ नदिएको सिबिएसन्यूजले जनाएको छ ।

ट्रम्पका प्रवक्ता स्टिभन चेउङले अपील गर्ने योजना बनाएको बताए र ट्रम्पलाई मतदान गर्ने अमेरिकीहरूले यस्ता आरोपलाई तुरुन्तै बर्खास्त गर्न” माग गरेका छन्। क्यारोलका वकिल रोबर्टा कपलानले सीबीएस न्यूजलाई एक विज्ञप्तिमा “पक्षहरूको तर्कलाई ध्यानपूर्वक विचार गरेकोमा” अपील अदालतलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया