कार्टरको निधन भएपछि बाइडेन,ट्रम्प र ह्यारिसले गरे यस्तो शोक व्यक्त

इनेप्लिज २०८१ पुष १५ गते १२:१३ मा प्रकाशित

अमेरिकी ३९ औ राष्ट्रपति जिमी कार्टरको निधन पछि अमेरिकी राष्ट्रपति जो बाइडेन ,निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति तथा राष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिस लगायत विश्वका अनगिन्ती नेताहरुले कार्टरलाई समवेदना पठाएका छन् ।

पठाईएका समवेदनामा उनले गरेका उपलब्धिको साथै उनको सम्बन्ध र व्यक्तित्व बारेमा चर्चा परिचर्चा भएको छ ।

बाइडेनले आइतवारको टिप्पणीमा भने कार्टर “सार्थक र उद्देश्य, सिद्धान्तको जीवन, विश्वास र नम्रताको जीवन जिउनु भनेको के हो भन्ने कुराको नमूनाको रूपमा उभिएको बताए। उनको जीवन अरूको लागि समर्पित छ।”

त्यस्तै उपराष्ट्रपति ह्यारिसले एक विज्ञप्तिमा भनिन्, कार्टरलाई गहिरो र अटल विश्वासले निर्देशित गरेको थियो । उनि हाम्रो राष्ट्र र विश्वलाई शालीनता र करुणामा बल हुन्छ भन्ने कुराले स्मरण गराएको बताइन ।

निर्वाचित राष्ट्रपति ट्रम्पले कार्टरलाई आफ्नो “उच्च सम्मान” रहेको बताए । आफ्नो सामाजिक संजाल ट्रुथ सोशलमा तर उनीसँग दार्शनिक र राजनीतिक रूपमा असहमत रहेको जनाए ।

प्रतिक्रिया