सिरियामा भएको झडपमा १४ सिरियाली सुरक्षा बल सदस्य मारिएको सिरियाली अधिकारीले बताएका छन् ।
सिरियाली पूर्व राष्ट्रपति बसर अल-असदका समर्थकहरूले सिरियाको टार्टसको ग्रामीण इलाकामा आक्रमण गर्दा सिरियाली डि-फ्याक्टो नेता अहमद अल-शराको मिलिसियाको एक हिस्सा सिरियाली सुरक्षा बलका १४ सदस्यको मृत्यु हुनुका साथै १० जना घाइते भएका छन्।
सिरियाली गृहमन्त्रीले गत बिहीबार जानकारी दिदै बुधवार अल-शराका सेना र अल-असदका समर्थकहरू बीच सिरियाका लताकिया, टार्टुस, जाबलेह, होम्स र दमास्कसका केही भागहरू लगायतका छवटा सहरहरूमा व्यापक भिडन्त भएको थियो।
सिरियाका छ वटा शहरमा कर्फ्यू (निषेधाज्ञा )लगाइएको छ । एबिसीन्यूजका अनुसार सिरियाली तटीय क्षेत्रमा थप बल पठाइँदैछ।
प्रतिक्रिया