रुसले उच्च सैन्य अधिकारीलाई मार्ने योजना बनाएको आरोपमा ४ जना संदिग्धलाई पक्राउ

इनेप्लिज २०८१ पुष ११ गते १२:२० मा प्रकाशित

रुसले उच्च सैन्य अधिकारीलाई मार्ने योजना बनाएको आरोपमा ४ जना संदिग्धलाई पक्राउ गरेको छ ।

रुसको शीर्ष सुरक्षा निकायले वरिष्ठ सैन्य अधिकारीहरूको हत्या गर्ने युक्रेनी षड्यन्त्रमा संलग्न रहेको आरोपमा धेरै संदिग्धहरूलाई पक्राउ गरेको जनाएको छ।

यो घोषणा गत हप्ता एक शीर्ष रूसी जनरलको हत्या पछि गरिएको थियो।

फेडरल सेक्युरिटी सर्भिस अर्थात् संघीय सुरक्षा सेवाका नुसार रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीहरूलाई मार्ने तयारी गरेको आरोपमा चार रूसीहरूलाई पक्राउ गरेको जनाएको छ ।

एफएसबीका अनुसार आक्रमणका संदिग्ध आयोजकहरूले दूरी नियन्त्रक (रिमोट कन्ट्रोल) कार बम प्रयोग गरेर एक वरिष्ठ अधिकारीलाई मार्ने योजना बनाएका थिए। खाममा लुकाइएको विष्फोटक पदार्थद्वारा अर्का शीर्ष सैन्य अधिकारीको हत्या हुने बताइएको छ । निकायले कथित षड्यन्त्रमा लक्षित सैन्य अधिकारीहरूको नाम नबताएको एबिसीन्यूजले जनाएको छ ।

एफएसबीले नाम नखुलेको संदिग्धहरूको पक्राउ र सोधपुछ देखाउने श्रब्यदृश्य (भिडियो) जारी गरेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले किरिलोभको हत्यालाई रुसका सुरक्षा निकायहरूले एउटा “ठूलो गल्ती” को रूपमा वर्णन गर्दै उनीहरूले यसबाट पाठ सिक्नुपर्ने र आफ्नो दक्षतामा सुधार गर्नुपर्ने बताए।

प्रतिक्रिया