अमेरिकी मेगा मिलियन्स चिट्ठा कसैलाई नपरे पछि भाग्यशाली बिजेताले लगभग १.१५ बिलियन डलर जित्ने छन् ।
गत मंगलबार खोलिएको चिट्ठा फेरि कसैलाई परेकोले अबका महाभाग्यशालीले लगभग १.१ ५ बिलियन डलर घर लाने छन् । गत मंगलबार खोलिएको चिट्ठाको कूल राशी ९४४ मिलियन डलर रहेको थियो । गत सेप्टेम्बर १० मा टेक्ससमा कसैले अन्तिम पटक ८१० मिलियनमा जिते पछि डिसेम्बर २४ सम्म पनि कसैले सबै ६ वटा अङ्क मिलाउन नसके पछि अब आउने शुक्रबार खोलिने छ ।
आगामी शुक्रबार खोलिने चिट्ठाको कूल राशी १.१५ बिलियन डलर पुगेको छ । यदि बिजेताले नगद लिन चाहेमा ५१६.१ मिलियन डलर लिन सक्ने छन् ।
गत मंगलबारका अंकहरु क्रमस ११.१४. ३८.४५.४६ र मेगा बल अर्थात् रातो भकुण्डो ३ रहेको थियो । ज्याकपोट अर्थात् चिट्ठा जित्ने सम्भावना ३०३ मिलियनमा १ लाई पर्ने मेगा मिलियनले जनाएको छ ।
यो डिसेम्बरको सबैभन्दा ठूलो पुरस्कार हो भने मेगा मिलियन्सको इतिहासमा सातौं ठूलो पुरस्कार हुनेछ। अथवा बिजेताले ३० बर्षको लागि वार्षिक भुक्तानी पनि लिन सक्नेछन् । २९ पटक लगातार चिट्ठा खोलिदा पनि कसैले सबै ६ वटा अङ्क मिलाउन सकेका छैनन् ।
सन् २००२ ,डिसेम्बर २४ मा न्यूयोर्कको एक अङ्कले ६८ मिलियन डलर जितेको देखिएता पनि उक्त रकम कसैले पनि दाबी गर्न नआएको एबिसीन्यूजले जनाएको छ ।
मेगा मिलियन्सका अनुसार, सन् २००२ मा खेल सुरु भएदेखि डिसेम्बर महिनामा १३ वटा चिट्ठाहरू जितेका छन्। तीनवटा क्रिसमस पछिका दिनमा जितेका थिए भने अन्य १० क्रिसमस अघि जितेका थिए। क्रिसमसको दिनमा कहिल्यै चिट्ठा जितिएको छैन।
मेगा मिलियन्स चिट्ठा ४५ वटा राज्यहरू, वाशिंगटन डीसी, र यूएस भर्जिन टापुहरूमा खेलिन्छ। टिकटको मूल्य केवल २ डलर पर्दछ भने । चिट्ठा आगामी शुक्रबार राती ११ बजे खुल्ने छ ।
प्रतिक्रिया