रुसी झ्यालखाना ( जेल)मा रहेका अमेरिकीलाई जासुसी गरेको आरोपमा १५ वर्षको जेल सजाय सुनाइएको छ ।
घूस दिएको अभियोगमा रुसको कारागारमा रहेका रुसी मूलका अमेरिकी नागरिकलाई जासुसी गरेको आरोपमा दोस्रोपटक १५ वर्षको जेल सजाय सुनाइएको रुसी समाचारहरुले जनाएका छन् ।
मस्कोको अदालतले अगस्त २०२३ मा जीन स्पेक्टर विरुद्ध जासुसी आरोप ल्याएको थियो । यद्यपि यस मुद्दाको विवरणहरू सार्वजनिक गरिएको थिएन।
पूर्व उपप्रधानमन्त्री अर्काडी डीबोर्कोविचका सहयोगीलाई घूस दिएको आरोपमा सेप्टेम्बर २०२२ मा रूसको मेडिकल उपकरण कम्पनीमा पहिले कार्यकारी अधिकृत जिन स्पेक्टरलाई ३.५ वर्षको कारागार सजाय सुनाइएको थियो।
सहयोगी अनास्तासिया अलेक्सेभालाई अप्रिलमा दुई महँगो विदेश भ्रमणको घूस लिएको अभियोगमा १२ वर्षको झ्यालखाना सजाय सुनाइएको थियो।
डीबोर्कोविचका सन् २०१२-२०१८ मा डिमीट्री मेडवभेडेवको नेतृत्वमा उपप्रधानमन्त्री थिए। उनी हाल अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघका प्रमुख छन्।
प्रतिक्रिया