रोमानियाबाट स्विट्जरल्याण्ड उडेको स्विस बिमानमा धुँवा आए पछि अस्ट्रिया अचानक अवतरण , १० जना अस्पताल भर्ना

इनेप्लिज २०८१ पुष ९ गते ०:५५ मा प्रकाशित

रोमानियाबाट स्विट्जरल्याण्ड उडेको स्विस बिमानमा धुँवा आए पछि अस्ट्रिया अचानक अवतरण गरेको छ । एबिसीन्यूजका अनुसार चालक दलका सदस्य सहित १० जनालाई अस्पताल भर्ना गरिएको छ ।

बिमानसेवाको अनुसार रोमानियाको बुखारेस्टबाट स्विटजरल्याण्डको ज्युरिचको लागि उडान एलएक्स १८८५ बिमान अचानक अस्ट्रियाको ग्राजमा आपतकालीन अवतरण गरेको थियो ।

बिमानको यन्त्र (इन्जि)मा समस्याको साथै परिचारिका कक्ष (केबिन ) बिमानचालक कक्ष (ककपिटमा )धुवाँका कारण अस्ट्रियाको ग्राजमा आपतकालीन अवतरण गरेपछि चालक दलका एक सदस्यलाई उदग्रबिमानबाट अस्पताल लागिएको थियो । साथै १० जना यात्रुहरूले स्वास्थ्य उपचार गरि रहेका छन् ।

बिमानसेवाका अनुसार जहाजमा ७४ यात्रु र ५ चालक दलका सदस्य थिए। चालक दलका अन्य चार सदस्यलाई पनि स्वास्थ्य उपचारमा राखिएको छ ।

एयरबस ए२२०-३०० विमान अझै धावनमार्गमा छ र ग्राज विमानस्थल बन्द रहेको स्विस बिमानसेवाले जनाएको छ।

प्रतिक्रिया